विशेष महाधिवेशन पक्षधरद्वारा कांग्रेस मुख्यालय घेराउ

पार्टीको नियमित १५औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र बनेको छ ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Congress headquarters surrounded by supporters of special general convention

काठमाडौँ — नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन्।

पार्टीको नियमित १५औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र बनेको छ। विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रीय नेतृत्वले बेवास्ता गरेको भन्दै पक्षधरहरू आक्रोशित भएका छन्।

विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रीय कार्यालय घेराउ गर्दै नारा लगाएका छन्। पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन्। तर संस्थापन पक्षले नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully