कांग्रेसले संस्थापन पक्ष र इतरपक्षबीच ६०/४० को भागबण्डा लगाएर समानुपातिक सूची तयार गर्दै

निर्वाचन आयोगमा टोकन लिएर कांग्रेस सानेपामा उम्मेदवार सूची बनाउने रस्साकस्सीमै छ ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Congress is preparing a proportional list with a 60/40 split between the establishment party and other parties.

काठमाडौँ — समानुपातिक बन्दसूचीका लागि कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा निर्वाचन आयोगमा गएका छन् । तर, यता सानेपामा भने समानुपातिक उम्मेदवार छनोट गर्न कांग्रेसभित्र अहिलेसम्म रस्साकस्सी चलिरहेकै छ ।

अनौपचारिक तहमा सहमति भएपछि मात्रै केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर अनुमोदन गर्ने गृहकार्यमा कांग्रेस छ । तर, अहिलेसम्म केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न सकेको छैन । 

केन्द्रीय सदस्य बलबहादुर केसीले उम्मेदवार छनोटको काम सक्न अझै समय लाग्ने बताए । निर्वाचन आयोगको कार्यलय समयभित्र पार्टीले टोकन लिएर बसेको र टुंगिएपछि मात्रै सूची निर्वाचन आयोगमा जाने उनले बताए । अहिले सानेपामा अनौपचारिक तहमा छलफल भइरहेको छ ।

एक केन्द्रीय सदस्यका अनुसार उम्मेदवार छनोटका लागि पार्टीभित्र गुटबन्दीको प्रभाव व्यापक देखिएको छ । संस्थापन पक्ष र इतरपक्षबीच ६०/४० को भागबण्डा लगाउने काम भएपनि गुटभित्रै उम्मेदवार छनोटका लागि नेताहरुबीच रस्साकस्सी चलिरहेको हो । 

कांग्रेसले ०६४ सालदेखि समानुपातिक भएर अवसर पाइसकेकालाई यसपटक नदोर्‍याउने मापदण्ड बनाएको छ । कांग्रेसले बनाएको मापदण्ड अनुसार प्रदेश सभाका सांसद, स्थानीय पालिकाका पदाधिकारी, प्रदेशसभामा समानुपातिक रहेका व्यक्ति समेत सूचीमा रहने छैनन् ।

कान्तिपुर संवाददाता

Link copied successfully