समानुपातिक बन्दसूची : ९ दलले बुझाए, ४२ दलले निस्सा लिए

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Proportional closed list: 9 parties submitted, 42 parties withdrew

काठमाडौँ — फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसमम्म ९ वटा दलले समानुपातिकतर्फ बन्दसूची बुझाएका छन् भने ४२ दलले बन्दसूची बुझाउनका लागि निस्सा लिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार गर्ने अन्तिम गृहकार्यमा राजनीतिक दलहरू लागेका छन् ।

हालसम्म नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (नेपाल), समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी(नेपाल)ले सूची बुझाएका हुन् ।

निर्वाचन आयोगले बन्दसूची बुझाउने समय सोमबार (आज) सम्मका लागि तोकेको छ ।

Proportional closed list: 9 parties submitted, 42 parties withdrew

कान्तिपुर

Link copied successfully