निर्वाचन आयोगले बन्दसूची बुझाउने समय आजसम्मका लागि तोकेको छ ।
काठमाडौँ — फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसमम्म ७ वटा दलले समानुपातिकतर्फ बन्दसूची बुझाएका छन् ।
हालसम्म नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले बन्द सूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, गतिशील लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी, नेपालले पनि सूची बुझाइसकेका छन् ।
नेमकिपा र राष्ट्रिय जनमोर्चाले १ सय १० जनाकै सूची बुझाएका छन् भने नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२ र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० जनाको सूची आयोगमा बुझाएका छन् ।
गतिशील लोकतान्त्रिकले ११ र जसपा नेपालले १०१ जनाको सूची बुझाएका छन् ।
