आफ्नो सम्मानलाइ नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं: कुलमान घिसिङ

उनले आफुहरु आफ्नो सम्मानलाइ नमेटाइकन सबैसँग सहकार्य गर्न तयार रहेको पनि बताएका छन् ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

We are ready to cooperate with everyone without losing our respect: Kulman Ghising

काठमाडौँ — उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले पोखरा पुगेर सबै वैकल्पिक शक्तिहरू सकेसम्म एक भएर जानुपर्ने बताएका छन् ।

उनले पोखरामा आयोजित उज्यालो नेपाल पार्टीको कार्यक्रममा यस्तो बताएका हुन् । उनले आफूहरू आफ्नो सम्मानलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।

उनले भने, ‘सबै वैकल्पिक शक्तिहरू सकेसम्म एक भएर जानुपर्छ । नभए कार्यगत एकता गरेर जानुपर्छ । आजका दिन सबै नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेका छन् । त्यसलाई बुझेर अगाडि बढ्नुपर्छ ।’

उनले एकता वा सहकार्यका क्रममा सम्मानजनक र आत्मसम्मान कायम हुनुपर्ने कुरालाई पनि उठाएका छन् । उनले भने, ‘उज्यालो नेपाल पार्टी सधैं सम्मानजनक र आत्मसम्मानयुक्त उपस्थिति राख्दै, आफ्नो सम्मानलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ । सहकार्य गरेरै अघि बढ्ने हो । यसतर्फ धेरै कुराहरू भइरहेका छन् ।’

रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको पछिल्लो समझदारीमा कुलमान पनि मिसिने कुरा भएपनि उनी यसबाट अलग रहेपछि उनको सार्वजनिक प्रतिक्रिया के हुन्छ भन्नेमा धेरैको चासो देखिन्छ । शनिबार रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेको छलफलको सुरुवाती चरणमा कुलमान पनि जोडिएका थिए । बैठक स्रोतका अनुसार, उनी छलफल चलिरहेको स्थानबाट राति नै निस्किएका थिए । 

सम्बन्धित समाचार 

रवि-बालेनबीच सम्झौता हुँदा छुटे कुलमान

कान्तिपुर

Link copied successfully