११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार महासिचवमा पोखरेलले ११५ मत ल्याएका छन् । त्यस्तै महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १०८ मत ल्याएका छन् ।
काठमाडौँ — एमालेमा नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणामअनुसार महासचिवमा शंकर पोखरेलले झिनो अग्रता बनाएका छन् ।
११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार महासिचवमा पोखरेलले ११५ मत ल्याएका छन् । त्यस्तै महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १०८ मत ल्याएका छन् । पोखरेल केपी शर्मा ओली र पाण्डे ईश्वर पोखरेल प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यसअघि काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा सुरेन्द्र पाण्डे झिनो मतान्तरले महासचिवमा पराजित भएका थिए । त्यतिबेला महासचिवमा ओली प्यानलबाट ईश्वर पोखरेल र नेपाल प्यानलबाट पाण्डे प्रतिस्पर्धी थिए । पोखरेलले १०३६ मत पाउँदा पाण्डेले १०३० मत पाएका थिए । सौराहामा २०७८ मा आयोजित दसौँ महाधिवेशनमा भने पाण्डे ओली प्यानलबाटै उपाध्यक्षमा निर्वाचित भएका थिए ।
