ओलीले १ हजार ६ सय ६३ मत ल्याउँदा गुरुङले १ हजार ७ सय ३७ मत ल्याए
काठमाडौँ — एमाले पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङ लोकप्रिय मतसहित उपाध्यक्षमा निर्वाचित भएका छन् । एमालेमा १९ पदाधिकारीमध्ये उपाध्यक्षमा गुरुङ १ हजार ७ सय ३७ मतसहित विजयी भएका हुन् ।
पूर्वउपमहासचिवसमेत रहेका उनले पदाधिकारीमध्ये सबैभन्दा बढी मत हासिल गरेका छन् । गुरुङको मत अध्यक्षमा तेस्रो पटक विजयी केपी शर्मा ओलीको भन्दा धेरै छ ।
उनले ओलीको भन्दा ७४ बढी मत ल्याएका छन् । अध्यक्षमा विजयी ओलीको १ हजार ६ सय ६३ मत छ । उपाध्यक्षमा गुरुङपछि विष्णुप्रसाद पौडेलको १ हजार ६ सय ७५ र रामबहादुर थापाको १ हजार ५ सय १६ मत आएको छ ।
त्यस्तै पूर्वसचिवसमेत रहेका गोकर्ण विष्ट पोखरेल समूहबाट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी भएका छन् । संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि १ हजार २ सय ५८ मतसहित विजयी भएका छन् ।
