उम्मेदवारको नाम इन्ट्रीमा समस्या भएपछि मतदान सुरु हुन ढिला भएको हो ।
काठमाडौँ — विद्युतीय मेसिनमा फेरि गडबडी भएपछि एमालेको नयाँ नेतृत्व चयनका लागि हुन गइरहेको मतदान सुरु हुन ढिलाइ भएको छ ।
उम्मेदवारको नाम इन्ट्रीमा समस्या भएपछि मतदान सुरु हुन ढिला भएको हो ।
एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । यसअघि दिउँसै सुरु हुने भनिए पनि विद्युतीय भोटिङ मेसिनमा कोडिङ मिलाउन समय लागेपछि मतदान ढिला भएको हो । मतदानका लागि काठमाडौंको भृकुटीमण्डपमा प्रतिनिधि तम्तयार भएर लामबद्ध छन् ।
