यसअघि दिउँसै सुरु हुने भनिए पनि विद्युतीय भोटिङ मेसिनमा कोडिङ मिलाउन समय लागेपछि मतदान ढिला गरी सुरु हुन लागेको हो ।
काठमाडौँ — एमालेमा नयाँ नेतृत्व चयनका लागि केहीबेरमा मतदान हुँदैछ । यसअघि दिउँसै सुरु हुने भनिए पनि विद्युतीय भोटिङ मेसिनमा कोडिङ मिलाउन समय लागेपछि मतदान ढिला गरी सुरु हुन लागेको हो । मतदानका लागि काठमाडौंको भृकुटिमण्डपमा प्रतिनिधि तम्तयार भएर लामबद्ध छन् । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार प्राविधिक काम बाँकी रहेकाले मतदान सुरु हुन केही समय लाग्ने छ ।
![Voters queue to elect UML leadership [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/59772400515711968440121843504334065709363982n-16122025024153-1000x0.jpg&w=1001&h=0)