एमालेको प्रतिस्पर्धाले पार्टी फुटाउँदैन : निवर्तमान उपमहासचिव गुरुङ

उनले पराजित नेताहरूले पार्टी छोड्ने भन्ने मानसिकता नराख्ने र सबैको भावना र विचारको सम्मान गर्दै पार्टीभित्र मिलेर अघि बढ्ने बताए ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

UML's competition will not split the party: Outgoing Deputy Secretary General Gurung

काठमाडौँ — एमालेका निवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिस्पर्धाले पार्टी नफुट्ने दाबी गरेका छन्। सोमबार भृकुटीमण्डपमा जारी पार्टी महाधिवेशनको बन्दसत्रमा गुरुङले टिप्पणी गर्दै भने कि प्रतिस्पर्धा पार्टीलाई अझ सशक्त र सुदृढ बनाउने उद्देश्यका लागि गरिएको हो।

उनले भने, 'प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी हो। प्रतिस्पर्धामा विश्वास गर्ने हाम्रा नेताहरू हुनुहुन्छ। यो फुट्नका लागि गरिएको होमवर्क होइन। यो त पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि गरिएको हो।'

गुरुङले महाधिवेशनलाई सक्षम नेता, कार्यकर्ताले मन पराएको नेता र विश्वासयोग्य नेताको मूल्यांकन गर्ने अवसरको रूपमा उल्लेख गर्दै विजयी नेता पार्टीलाई सुदृढ ढंगले चलाउने बताए।

उनले पराजित नेताहरूले पार्टी छोड्ने भन्ने मानसिकता नराख्ने र सबैको भावना र विचारको सम्मान गर्दै पार्टीभित्र मिलेर अघि बढ्ने बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully