उनले भने, 'कतिपयले एमालेमा लोकतन्त्र छैन, बोल्नै पाइँदैन, एमालेमा चुनाव हुँदैन भन्छन्, तर त्यस्तो छैन ।'
काठमाडौँ — महासचिव पदमा उम्मेदवारी दिएका एमाले नेता सुरेन्द्र पान्डेले पार्टीमा नयाँ जीवन ल्याउन र म हैन, हामी संस्कृति स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।
उनले पार्टीमा युवाहरू नेतृत्वमा पुग्नसक्ने वातावरण बनाउन आफू लागिपरेको बताए।
महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्यानल बनाएर चुनावमा जाने बाध्यात्मक स्थिति बन्ने बताउँदै आफू लोकतान्त्रिक विधिबाट निर्वाचन सम्पन्न होस् भन्नेमा रहेको बताए।
उनले सक्कली एमाले प्रतिस्पर्धा र लोकतन्त्रबाट नडराउने पनि बताएका छन्। उनले भने, 'कतिपयले एमालेमा लोकतन्त्र छैन, बोल्नै पाइँदैन, एमालेमा चुनाव हुँदैन भन्छन्, तर त्यस्तो छैन ।'
