ओली टीमबाट महासचिवमा शंकर पोखरेल दोहोरिने, अरू पदमा को-को ?

ओली र पोखरेल दुवैले आ-आफ्नो प्यानल बनाउन गृहकार्य गरिरहेका छन्। तेश्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिन लागेका ओलीले आफ्नो प्यानलको करिब टुंगो लगाएका छन्।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Shankar Pokharel will be reappointed as General Secretary from Oli team, who will be in other positions?

काठमाडौँ — एमालेको ११औँ महाधिवेशनअन्तर्गत अहिले मनोनयन दर्ताको तयारी भइरहेको छ। नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने नेताहरू टीम निर्माणमा लागेका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन्। ओली र पोखरेल दुवैले आ-आफ्नो प्यानल बनाउन गृहकार्य गरिरहेका छन्।

तेश्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिन लागेका ओलीले आफ्नो प्यानलको करिब टुंगो लगाएका छन्। ओलीनिकट स्रोतका अनुसार उपाध्यक्षहरुमा विष्णु पौडेल, रामहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने तयारी भएको छ।

महासचिवमा शंकर पोखरेल दोहोरिएका छन्। त्यस्तै, उपमहासचिवमा रघुबीर महासेठ, भानुभक्त ढकाल र विष्णु रिमाल तथा सचिवमा लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार हुने भएका छन् ।

उम्मेदवारी दर्ता गर्ने बेलासम्म यो टीमलाई अन्तिम रुप दिइने ओली निकट एक नेताले बताए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको टीम केहीबेरमा घोषणा गर्ने तयारी छ ।

कान्तिपुर

Link copied successfully