नेपाल राज्य निर्माण र जनताको अधिकार सुनिश्चित गर्न भएका आन्दोलनहरूको इतिहासमा एउटा नयाँ अध्याय थपिएको छ– जेन–जी आन्दोलन २०८२ । हरेक आन्दोलनका आफ्नै विशिष्ट पृष्ठभूमि र उपलब्धि हुन्छन् ।
जेन–जी आन्दोलनले भ्रष्टाचारी, पुरातन र अहंकारी शासन प्रवृत्तिलाई एकमुष्ट बढारेर फालेको छ । अब नयाँ संस्कृति र प्रवृत्ति स्थापित गर्ने जेन–जीको भावनालाई संस्थागत गर्न पनि विधिविधान अपरिहार्य छ ।
