डा. सन्दुक रुइतको आग्रह : सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं

'सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौं ।'-डा. सन्दुक रुइत

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Dr. Sanduk Ruit's request: Let's protect the country together, let's build the country together

काठमाडौँ — वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले जेन-जी समूहलाई संयमित हुन आग्रह गरेका  छन् । मंगलबार सामाजिक सञ्जालमार्फत डा. रुइतले परिवर्तनका लागि जेन-जीले अदम्य साहस देखाएको बताएका हुन् ।

साथै सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्न र नष्ट गर्न नहुने उनको भनाइ छ । 

उनले भनेका छन्, 'सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौं । सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं ।' 

यस्तो छ डा. रुइतको आग्रह

परिवर्तनका लागि सडकमा विरोध प्रर्दशन गरिरहनुभएका भाइबहिनीहरू, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन । 

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिऔं । संयम बनौं । 

सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं । 

कान्तिपुर

Link copied successfully