ओलीको राजीनामापछि बालेनले भने : अब संयमित हुनुहोला, देशको नेतृत्व तपाईंकै पुस्ताले गर्नुपर्छ

'अब संयमित हुनुहोला ! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।'

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

After Oli's resignation, Balen said: Be calm now, your generation should lead the country

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेकाले संयमित हुन जेन-जी समूहलाई आग्रह गरेका छन् । फेसबुक पोस्टमा बालेनले देशको जनधन सबैको सम्पत्ति भएको पनि बताएका छन् ।

प्रधानमन्त्रीको राजीनामा आइसकेकाले संयमित हुन जरुरी रहेको उल्लेख गर्दै उनले लेखेका छन्, 'अब संयमित हुनुहोला ! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।'

कान्तिपुर

Link copied successfully