बालेनले भने : सेना प्रमुखसँग वार्ताका लागि तयार हुनुहोस् तर त्यसअघि संसद् विघटन हुनुपर्छ

बालेनले भने : 'सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् - वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ'

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Balen said: Be prepared to negotiate with the army chief but before that Parliament must be dissolved

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन-जी समूहले नै अब देशको नेतृत्व गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मेयर बालेनले सेना प्रमुखसँग समेत वार्ताका लागि तयार हुन आग्रह गरेका छन् । 

त्यस्तै वार्ताअघि संसद् विघटन हुनुपर्ने पनि बालेनले बताएका छन् । 'सेना प्रमुखसँग वार्ता गर्न पनि  तयार हुनुहोला । तर याद रहोस् - वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ,' बालेनले लेखेका छन् ।

ओलीको राजीनामा आइसकेकाले संयमित हुन जेन-जी समूहलाई आग्रह गरेका छन् । फेसबुक पोस्टमा बालेनले देशको जनधन सबैको सम्पत्ति भएको पनि बताएका छन् ।

प्रधानमन्त्रीको राजीनामा आइसकेकाले संयमित हुन जरुरी रहेको उल्लेख गर्दै उनले लेखेका छन्, 'अब संयमित हुनुहोला ! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।'

कान्तिपुर

Link copied successfully