'मुलुकको संवेदनशील परिस्थितिमा राष्ट्रसेवककले आफ्नो भूमिका निश्वार्थ ढंगले निर्वाह गर्नुपर्छ भन्ने आत्मसात् गरी मौखिक आदेशमै जिम्मेवारी सम्हालेको हुँ,' उनले भनेका छन् ।
काठमाडौँ — तत्कालीन उपत्यका प्रहरी कार्यालय प्रमुख दानबहादुर कार्कीले छानबिन आयोगको प्रतिवेदनमा दिएको बयानमा मुलुकको संवेदनशील परिस्थितिमा 'मौखिक आदेशमै जिम्मेवारी सम्हालेको' बताएका छन् ।
'काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व भदौ १८ गतेदेखि नै रिक्त रहेको अवस्थामा सहकर्मी प्रअमनिहरूमध्ये कसैले अनिच्छ र कोही बिरामी भएको बहानाबाजी गरेर दायित्वविमुख भएपछि आफूले जिम्मेवारी सम्हालेको उनको भनाइ छ ।
'मुलुकको संवेदनशील परिस्थितिमा राष्ट्रसेवककले आफ्नो भूमिका निश्वार्थ ढंगले निर्वाह गर्नुपर्छ भन्ने आत्मसात् गरी मौखिक आदेशमै जिम्मेवारी सम्हालेको हुँ,' उनले भनेका छन् ।
आयोगसँगको बनायानमा उनले भनेका छन्, 'मिति २०८२ भदौ २४ गते बिहान करिब ९ बजेको समयमा म उपत्यका प्रहरी कार्यालयको प्रमुखको रूपमा मौखिक आदेश अनुसार (मलाई भदौ २८ गते पत्र दिइएको) जिम्मेवारी सम्हाल्न पुगेको हुँ ।'