६ प्रहरी र २ नागरिकलाई पुरस्कृत गर्न आयोगको सिफारिस

आयोगले उत्कृष्ट काम गर्ने ६ प्रहरी र प्रहरीलाई बचाउने २ नागरिकलाई पुरस्कार दिन सिफारिस गरेको छ ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Commission recommends awarding 6 police officers and 2 civilians

काठमाडौं — २३ र २४ भदौमा भएको आन्दोल र क्षति बारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले उत्कृष्ट काम गर्ने ६ प्रहरी र प्रहरीलाई बचाउने २ नागरिकलाई पुरस्कार दिन सिफारिस गरेको छ । 

पुरस्कृत गर्न सिफारिस गरिएका प्रहरीमा कास्कीका डीएसपी हरिबहादुर बस्नेत, कालिमाटी वृत्तका डीएसपी मधु थापा, मालीगाउँका डीएसपी सुनिल शाह, प्रहरी एकेडेमीका डीएसपी चिनिमाया तामाङ, जनसेवाका डीएसपी कृष्णकुमार चन्द र ठिमीका डीएसपी नवराज ढुंगाना छन् । 

नागरिकतर्फ प्रहरी प्रभाग कोटेश्वरमा तोडफोड आगजनी भएका बेला लखेटिएका प्रहरीलाई सहयोग गरेकाले होटल स्वर्णिम एण्ड गेष्ट हाउस कोटेश्वरका शिवराम बाँडा र कोटेश्वरको घडी पसल सञ्चालक गीताकुमारी शाहलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ । 

उनले पनि प्रहरीलाई जोगाएको प्रतिवेदनमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully