सम्पत्ति शुद्धीकरण विभागले घटनाको केही दिनपछि देउवा निवासमा पुगेर जाँचसमेत गरेको थियो । तर, त्यसको प्रगतिबारे हालसम्म विवरण सार्वजनिक भएको छैन ।
काठमाडौँ — जेन-जी आन्दोलनका बेला पूर्वप्रधानमन्त्री एवं तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा भेटिएको पैसाबारे अनुसन्धान गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ ।
२३ भदौमा एकैदिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट प्रदर्शनकारी प्रहरी ब्यारिकेड तोडेर संसद् भवनसम्म पुगेका थिए । त्यसपछि सिंहदरबार, सर्वोच्च अदालत लगायतका महत्त्वपूर्ण संरचना आगजनीमा परेका थिए ।
नेताहरूको घरमा समेत तोडफोड र आगजनी भएको थियो । त्यही क्रममा देउवा निवासमा तोडफोड र आगजनी हुँदा पैसा भेटिएको थियो ।
त्यसबारे अनुसन्धान हुनुपर्ने भन्दै आयोगले सरकारलाई सिफारिस गरेको हो । सम्पत्ति शुद्धीकरण विभागले घटनाको केही दिनपछि देउवा निवासमा पुगेर जाँचसमेत गरेको थियो । तर, त्यसको प्रगतिबारे हालसम्म विवरण सार्वजनिक भएको छैन ।
