समानुपातिक प्रणालीबाट आएका कतिपयले नीतिगत हस्तक्षेप गर्न नसकेको उनले बताइन् ।
काठमाडौँ — राजीतिकर्मी खुश्बु ओलीले समानुपातिक प्रणालीबाट संसद्मा प्रतिनिधित्व गराउने नाममा जसलाई पनि ल्याउने अवस्था सही नभएको बताएकी छन् ।
‘०६२/६३ पछाडि पछि परेका मुद्दालाई सम्बोधन गर्ने नीति र कानुन बनेको छैन । समानुपातिक प्रणालीबाट ल्याएका कतिपयले नीतिगत हस्तक्षेप गर्न सकिरहेको छैनन् । यो लज्जास्पद विषय हो,’ कान्तिपुर कन्क्लेभको 'जनताको प्यानल' सत्रमा उनले भनिन्, ‘जुनसुकै प्रणालीबाट प्रतिनिधित्व भए पनि नीतिगत हस्तक्षेप गर्ने हैसियत राख्नुपर्छ ।'
