बिहान ६ देखि राति १२ बजेसम्म जनताको घरघरमा पुग्ने गरेको छु : ऋषि धमला

'दाइजो प्रथाले मधेशमा अत्यधिक गाँजेको छ, आम समस्या बुझ्न म रौतहट पुगेको हुँ ।'

माघ २७, २०८२

कान्तिपुर संवाददाता

I have been reaching people's homes from 6 am to 12 midnight: Rishi Dhamala

काठमाडौँ — राजनीतिकर्मी ऋषि धमलाले बिहान ६ देखि राति १२ बजेसम्म आफू रौतहटका जनताको घरघरमा पुग्ने गरेको बताएका छन् । 

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्र 'जनताको प्यानल'मा बोल्दै उनले त्यहाँको अवस्था निकै नाजुक रहेको बताए । 'दाइजो प्रथाले मधेशमा अत्यधिक गाँजेको छ,' उनले भने, 'ती आम समस्या बुझ्न म रौतहट पुगेको हुँ ।'

रौतहट सबैभन्दा बढी अशिक्षित र गरिब जनता भएको ठाउँ रहेको उनले बताए ।

कान्तिपुर

Link copied successfully