जेनजी अगुवालाई बोलाएर संविधान राख्ने कि नराख्ने, लोकत्नत्र राख्ने कि नराख्ने भनेर बहस गराएको उनले बताए ।
काठमाडौँ — राजनीतिकर्मी ऋषि धमलाले जेन-जी आन्दोलनको सेफ ल्यान्डिङमा आफ्नो पनि भूमिका रहेको दाबी गरेका छन् ।
कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्र 'जनताको प्यानल'मा बोल्दै उनले देशमा कर्फ्यू लागेका बेला भदौ २५ मा रिपोर्टस् क्लबमा जेनजी अगुवालाई बोलाएर संविधान राख्ने कि नराख्ने, लोकत्नत्र राख्ने कि नराख्ने भनेर ठूलो बहस गराएको बताए । 'मैले सुधन गुरुङलाई भनेँ- संविधानभित्रबाटै सहमित खोज्नुपर्छ । मिराज ढुंगाना पनि सोध्नुस्,' उनले भने ।
