उम्मेदवारका लागि सामाजिक सञ्जाल प्रयोग गर्न गाइडलाइन चाहिन्छ : निशा अधिकारी 

'मूलधारका मिडियाका लागि निर्वाचन आयोगले गाइडलाइन निकालेजस्तै उम्मेदवारलाई पनि लागू गर्नुपर्छ ।’

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Guidelines are needed for candidates to use social media: Nisha Adhikari

काठमाडौँ — राजनीतिकर्मी निशा अधिकारीले निर्वाचन आयोगले उम्मेदवारको लागि सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी गाइडलाइन ल्याउन जरुरी भएको बताएकी छन् । 

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको पहिलो सत्र 'संवादको चौतारी : अल्गोरिदमको उल्झन'मा बोल्दै उनले मूलधारका मिडियालाई जसरी नै  सामाजिक सञ्जाललाई पनि मागदर्शन चाहिने बताइन् ।   

‘मूलधारका मिडियाका लागि निर्वाचन आयोगले गाइडलाइन निकालेको छ । त्यसरी उम्मेदवारको लागि पनि गाइडलाइन निकाल्नुपर्छ,’ उनले भनिन, ‘जुन यो  निर्वाचनबाट सुरु हुनुपर्छ । भ्रामक सूचनालाई हटाउनका लागि यो चाहिन्छ ।’ 

उनले आफूले कुनै तडगभडक नगरी चुनावी अभियान सुरु गरिरहेको बताइन् । ‘यसले मेरो विश्वास बढेको छ । मलाई मेरो इन्टिग्रिटी कायम गर्नुपर्छ । मैले मेरो क्याम्पेनमा तडकभडक गरेको छैन । समाजमा कस्तो खालको न्यारेटिभ बनाउन सकिन्छ भन्ने ठूलो ठाउँ छ । यो ठाउँमा मैले मेरो उपस्थिति देखाउन खोजिरहेको छु,’ उनले भनिन, ‘जुन एजेन्डालाई स्थापित गर्न प्रयोग गर्छु । यो जनताकेन्द्रित हुनुपयो । भ्रामक सूचनाले हाम्रो अभियानलाई असर पारिहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully