संस्थागत असफलतालाई अल्गोरिदमसँग जोड्न मिल्दैन : दोभान राई 

अल्गोरिदमलाई दोष दिनुभन्दा रेगुलेसन आवश्यक रहेको उनले बताइन् ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Institutional failure cannot be linked to algorithms: Dobhan Rai

काठमाडौँ — एआई विज्ञ दोभान राईले संस्थागत असफलतालाई अल्गोरिदमका कारण भन्न नमिल्ने तर्क गरेकी छिन् ।

‘अल्गोरिदमको भाष्य कहिलेकाहीँ जे गर्‍यो त्यही दिन्छ भन्ने छ भने कहिलेकाहीँ अल्गोरिदमले नै सबै गर्‍यो भनेर बलिको बोको बनाइन्छ, यो समस्या भनेको संस्थागत असफलता  हो,’ कान्तिपुर कन्क्लेभ-२०२६ को दोस्रो दिनको पहिलो सत्र 'संवादको चौतारी : अल्गोरिदमको उल्झन' विषयमा उनले भनिन्, ‘संस्थागत असफलताका कारण कुनै व्यक्ति वा स‌ंस्थामाथि विश्वास गर्न नसकेर अराजकता बढेको हो ।’

विश्वासभन्दा पनि पारदर्शितामा गएको भन्दै उनले प्लेटफर्म बनाउने पनि जवाफदेही हुनुपर्ने बताइन् । व्यक्तिगत र संस्थागत जवाफदेही हुनुपर्ने उनले बताइन् । ‘एउटाले मात्र गरेर हुँदैन त्यसैले कोर रेगुलेसन आवश्यक छ,’ उनले भनिन् ।

मानव व्यवहार र प्रविधि परिवर्तन हुँदैन तर मानव व्यवहार र प्रविधि दुवै परिवर्तन हुन्छ र गर्नुपर्नेमा उनले जोड दिइन् । ‘प्रविधि एकैपटक विकास भएर आयो । व्यक्तिगत रुपमा पनि आएको छ,’ उनले भनिन्, ‘परिवर्तन आजको भोलि नहोला तर गर्नुपर्छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully