उनले भने- 'बच्चाहरू अभिभावकसँग रिसाउँछन् नि, त्यस्तै हो ।’
काठमाडौँ — राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफू कहिलेकाहीँ राजासँग रिसाउने गरेको बताएका छन् ।
कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्र 'जनताको प्यानल'मा बोल्दै उनले भने 'पूर्वराजा ज्ञानेन्द्रलाई अभिभावक मानेकाले कहिलेकाहीँ रिसाउँछु । बच्चाहरू अभिभावकसँग रिसाउँछन् नि, त्यस्तै हो ।’
मेडिकल व्यवसायीसमेत रहेका प्रसाइले ठूला दलका सबै नेताहरूसँग आफूले संगत गरेको बताए । पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गराएपछि आफूलाई ‘मार्सी’ भन्न थालिएको उनले सुनाए ।
बैंकमा ऋणको विषय, जनताको समस्याका विषयमा बोल्दै आए पनि आफूलाई अनेक आरोप लगाइएको उनको भनाइ थियो ।
