पत्रकार को हुन्, को होइनन् भन्ने भाष्य लामो समयसम्म रह्यो : सन्तोष देउजा

नेपालमा बोल्नेहरू पत्रकार होइनन् भन्ने बुझाइ लामो समयसम्म रहेको उनले बताए ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

The debate over who is a journalist and who is not has been going on for a long time: Santosh Deuja

काठमाडौँ — सञ्चारकर्मी सन्तोष देउजाले सञ्चारमाध्यम कहाँ पुग्यो, सञ्चारमाध्यम के भयो भन्ने प्रश्न उठाएका छन् ।

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्र 'जनताको प्यानल'मा बोल्दै उनले नेपालमा बोल्नेहरू पत्रकार होइनन् भन्ने बुझाइ लामो समयसम्म रहेको बताउँदै को पत्रकार हुन् र को होइनन् भन्ने भाष्य पनि लामो समयसम्म कायम रहेको उल्लेख गरे ।

उनले राम्रो मान्छेलाई समर्थन नगर्दा देश नबनेको भन्दै राम्रो काम गर्नेलाई आफूले समर्थन गरेको बताए । पार्टी हेरेर नभई व्यक्ति हेरेर आफूले समर्थन गरेको उनको तर्क थियो ।

कान्तिपुर

Link copied successfully