अहिलेको समयमा ट्रेन्ड र लहर हेर्ने तर व्यक्तित्व र विचार नखोज्ने प्रवृत्ति रहेको उनले बताइन् ।
काठमाडौँ — राजनीतिकर्मी खुश्बु ओलीले सामाजिक सञ्जालबाट पपुलर बनेका आधारमा नेता चुन्दा खतरानाक भएको बताएकी छन् ।
‘क्षणिक रुपमा सामाजिक सञ्जालमा लगानी गरेर आफूलाई पपुलर बनाउन सकिन्छ । यसका आधारमा नेता चुन्नु एकदम खतरानाक कुरा हो,’ कान्तिपुर कन्क्लेभको 'जनताको प्यानल' सत्रमा उनले भनिन्, ‘अहिलेको समयमा ट्रेन्ड र लहर हेर्ने तर व्यक्ति, व्यक्तित्व कस्तो छ ? विचार के छ ? प्रश्न पनि नगर्ने, त्यो नेतामा जवाफदेहिता पनि नखोज्ने ? सामाजिक सञ्जालबाटै भोट भोग्ने अवस्था देखिन्छ ।’
उनले सामाजिक सञ्जालमा विचार सेट गर्ने सांसद र संसद् जवाफदेही हुनेमा चिन्ता रहेको बताइन् । ‘अब बन्ने संसद् कतिको जवाफदेही होला ? कतिको उत्तरदायित्व होला ? कतिको पारदर्शी होला ? कतिको परिपक्वता होला भन्ने ठूलो चिन्ताको विषय हो,’ उनले भनिन्, ‘सामाजिक सञ्जालले नेता बनाउँदैन । सामाजिक सञ्जालले लहर ल्याउँदा अपरिपक्व राजनीतिक अभ्यास देखिइरहेको छ ।’
