Live

‘कान्तिपुर कन्क्लेभ–२०२६’

अन्तिम सत्र ‘नीति, नेता र नेतृत्व’ मा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले उपमहासचिव योगेश भट्टराई र पूर्वमन्त्रीसमेत रहेकी सुमना श्रेष्ठसँग बहस गरेका थिए ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

‘Kantipur Conclave-2026’

85 Updates

(07:06 PM)

संसद् र सडकमा बलियो प्रतिपक्षी चाहिन्छ : सुमना श्रेष्ठ

पूर्व शिक्षामन्त्री तथा पूर्व सांसद सुमना श्रेष्ठले संसद् र सडकमा बलियो प्रतिपक्षी चाहिने बताइन् । उनले पहिलो र दोस्रो दल मिलेर सरकार बनाउन नहुने बताइन् । ‘पहिलो र दोस्रो दल मिलेर सरकार बन्दा कमजोर प्रतिपक्ष हुन्छ । त्यसले सदन र सडकलाई पनि कमजोर बनाउँछ,’ उनले भनिन् ।

Strong opposition needed in parliament and on the streets: Sumana Shrestha
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(07:05 PM)

कांग्रेसका उम्मेदवार चयनमा यसपटक क्रान्ति गरियो : प्रदीप पौडेल

नेपाली कांग्रेसमा आगामी निर्वाचनका लागि उम्मेदवार चयनमा क्रान्ति गरिएको महामन्त्री प्रदीप पौडेलले बताए । उनका अनुसार पार्टीले टिकटको नेतृत्व तत्काल तय गर्नुपर्ने भएकोले जेन–जी पुस्ताका उम्मेदवार छनोट गर्न नसके पनि प्रत्यक्ष निर्वाचनतर्फ १६५ क्षेत्रमध्ये १११ जना उम्मेदवार  पहिले चुनाव नलडेका उम्मेदवार भएको बताए । आगामी निर्वाचनमा कांग्रेसले पार्टीभित्र आन्तरिक इलेक्सनबाट उम्मेदवार छनोट गर्ने समेत उनले बताए ।

A revolution has been made in the selection of Congress candidates this time: Pradeep Poudel
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(06:59 PM)

कुनै बेला एमालेको ड्राइभिङ सिट बदल्छौं : योगेश भट्टराई

एमालेका उपमहासचिव योगेश भट्टराईले उपयुक्त समय आएपछि एमालेको नेतृत्व बदल्ने बताए । उनले भने, ‘हामीलाई आउटडेटेड हुने छुट छैन त्यसैले अपेडेटेड हुन्छौं । आज हामी पार्टीलाई सर्भिसिङ गरिरहेका छौं । कुनै बेला इन्जिन बदल्छौं, ड्राइभिङ सिट बदल्छौं ।’ नवौं महाधिवेशनमा नयाँ पुस्ताका साथीहरूले अगाडि सारेको विचार नै पारित भएको उनले बताए । राजनीतिक दलहरू समयानुकूल सुधारिनुपर्ने भन्दै उनले राजनीतिक दल सुधारिनु भनेको नेतृत्व परिवर्तन गर्नु नभएको बताए ।

We will change the driving seat of UML at some point: Yogesh Bhattarai
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(06:47 PM)

मुख्यमन्त्रीमा प्रत्यक्ष निर्वाचन गरौं : योगेश भट्टराई

एमाले उपमहासचिव योगश भट्टराईले सातै प्रदेशका मुख्यमन्त्री पदमा प्रत्यक्ष निर्वाचन गरिनुपर्ने बताए । उनले प्रदेशहरुलाई स्थिर राख्नका लागि मुख्यमन्त्रीमा प्रत्यक्ष निर्वाचन गर्नुपर्ने बताए । प्रत्यक्ष चुनाव गर्दा हरेक प्रदेशकै मानिसहरु चुनिएर आउने उनको भनाइ थियो ।

Let's hold direct elections for the post of Chief Minister: Yogesh Bhattarai
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(06:44 PM)

अब की बार गगन सरकार कांग्रेसको आधिकारिक नारा हैन : प्रदीप पौडेल 

अब की बार गगन सरकार भन्ने नारा नेपाली कांग्रेसले आधिकारिक रुपमा बनाएको नारा नभएको महामन्त्री प्रदीप पौडेलले बताए । ‘त्यो नारा आधिकारिक रुपमा कांग्रेसले बनाएको नारा हैन । चुनावको माहोल सिर्जना गर्नको लागि कांग्रेसमा आस्था राख्ने स्थानीय साथीहरुले अनौपचारिक रुपमा स्थानीयले बुझ्ने ढंगबाट ल्याउनु भएको हो,’ उनले भने,‘साथीहरुलाई ठिक लाग्यो र ल्याउनुभयो होला । ’

Ab ki baar Gagan Sarkar is not the official slogan of Congress: Pradeep Poudel
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(06:39 PM)

शेरबहादुर देउवाको घरमा भेटिएको पैसाको बारेमा छानबिन हुनुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति शेरबहादुर देउवाको घरमा भेटिएको पैसाको बारेमा छानबिन गरिनुपर्ने बताए । उनले भने, 'पूर्व सभापति शेरबहादुर देउवाले समेत छानबिन गर्न आह्वान गरिसकेको विषय भएकाले कांग्रेसले उक्त पैसा एआईले बनाएको भनेको हो भनेर भनेको छैन ।' बताए । उनले पूर्व सभापति शेरबहादुर देउवाले छानबिन पछि मात्र यस विषयमा बोलेको भए राम्रो हुने समेत बताए । देउवाले यसअघि घरमा भेटिएको भनेको पैसा एआईबाट बनेको बताएका थिए ।

There should be an investigation into the money found at Sher Bahadur Deuba's house: Pradeep Poudel
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(06:35 PM)

सांसद पार्टी प्रतिनिधि होइन, जनप्रतिनिधि बन्नुपर्छ : सुमना श्रेष्ठ

राजनीतिकर्मी तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले चुनावबाट निर्वाचित भएर आउने सांसदहरु जनप्रतिनिधि बन्नुपर्ने बताइन् । उनले भनिन्,‘पार्टीको ह्रिप लगाउने सिस्टम हुँदैन । सांसदले विवेक प्रयोग गर्न पाउनुपर्छ । जनप्रतिनिधि हुनुपर्छ । पार्टी प्रतिनिधि हुने होइन ।’ दल बिना राजनीति नै हुँदैन भन्ने भाष्य पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

MPs should be people's representatives, not party representatives: Sumana Shrestha
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(06:25 PM)

राजनीतिमा एक पटक छिरेपछि निस्कनै नमिल्ने हो ? :  सुमना श्रेष्ठ

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले 'राजनीतिमा एक पटक भित्रिएपछि निस्कनै नमिल्न हो ?' भन्दै प्रश्न गरेकी छन् । यही स्ट्यान्डर्ड राख्ने हो भने आजीवन राजनीतिमा राख्ने र पदका लागि जे पनि गर्न सक्ने अवस्था सिर्जना गर्ने उनले बताइन् । अहिलेसम्म नेपालमा दल बिना राजनीति नै हुँदैन भनेर सबैको मानसपलटमा बसेको समेत उनको दाबी छ ।

Once you enter politics, you can't leave? : Sumana Shrestha
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(06:21 PM)

दलबिना राजनीति नै हुँदैन भन्ने भाष्यलाई च्यालेन्ज गर्नुपर्नेछ : सुमना श्रेष्ठ

पूर्वशिक्षामन्त्री तथा राजनीतिकर्मी सुमना श्रेष्ठले दलबिना राजनीति नै हुँदैन भन्ने भाष्यलाई च्यालेन्ज गर्नुपर्ने बताइन् । 'कोही मान्छे राजनीतिमा छिरेपछि बाहिर निस्कनै नहुने हो र ?' कान्तिपुर कन्क्लेभअन्तर्गत 'नीति, नेता र नेतृत्व' विषयक सत्रमा बोल्दै उनले भनिन्, 'म सदनमा इनोभेसन होस् भन्ने चाहन्छु ।'

The statement that there is no politics without a party must be challenged: Sumana Shrestha
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(06:09 PM)

सामाजिक सञ्जाल प्रयोगबारे शिक्षा र सिकाइ भएन : सुमना श्रेष्ठ

पूर्व शिक्षामन्त्री तथा राजनीतिकर्मी सुमना श्रेष्ठले सामाजिक सञ्जालको प्रयोग बढ्दै गएपनि त्यसको प्रयोगसम्बन्धी सिकाइ नभएको बताइन् । उनले बालबालिका देखि अभिभावकलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी शिक्षा दिनुपर्ने बताएन् । ‘सामाजिक सञ्जालले नागरिकलाई बलियो बनाएको छ । निर्वाचनको खर्च घटाएको छ,’ उनले भनिन्, ‘सामाजिक सञ्जाल प्रयोगबारे सिकाइ छैन । छलफल पनि भएको छैन । दुरुपयोग हुने जोखिम पनि छ ।’ समाजिक सञ्जालको राम्रो/नराम्रो, फाइदा/बेफाईदाको बारे सिकाइ र शिक्षा दिनुपर्ने उनले बताइन् । ‘डिजिलट सामग्रीको प्रयोगले स्वास्थ्यमा पर्ने असर बारे कुरा भएको छैन । डिपफेकका सामग्री बढ्दैछ । बालबालिका, अभिभावक देखि नागरिकलाई सिकाउनुपर्छ,’ उनले भनिन् ।

No education or training on social media usage: Sumana Shrestha
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(06:03 PM)

सुशासनको कमीले जेन–जी आन्दोलन जन्मिएको हो : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीति प्रश्न खोज्ने बाटोमा मात्र सीमित नरही समाजलाई सकारात्मक दिशातर्फ लैजाने उपाय खोज्नु पनि आजको आवश्यक रहेको धारणा राखे । सुशासनको अभावकै कारण जेन-जी विद्रोह भएको उल्लेख गर्दै उनले त्यसलाई कांग्रेसले राजनीतिक रूपमा हेरेको बताए । 'जेन–जी आन्दोलन सुशासनको कमीबाट जन्मिएको हो र हामीले त्यसलाई राजनीतिक रूपमा बुझेका छौं,' उनले भने । उनले सुशासन, जवाफदेहिता र नीतिगत स्पष्टतामार्फत मात्र जनविश्वास पुनःस्थापित गर्न सकिनेमा जोड दिए ।

Gen-G movement born due to lack of good governance: Pradeep Poudel
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(06:00 PM)

सुशासनमा ध्यान नदिँदा भएका परिवर्तन ओझेलमा परे : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशमा धेरै परिवर्तन भए पनि सुशासनमा पर्याप्त ध्यान नदिँदा ती परिवर्तनहरू ओझेलमा परेको बताए । ‘२०४८ देखि धेरै परिवर्तन भयो, तर सुशासन हुन सकेन । त्यसैले भएका सबै उपलब्धि ओझेलमा परे,' उनले भने, 'त्यसैले हामीभित्र पनि बहस हुनु जरुरी छ ।” 

Changes were lost due to lack of attention to good governance: Pradeep Poudel
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(06:00 PM)

भर्चुअल दुनियामा के गर्ने भनेर हामीलाई सिकाइएकै छैन : सुमना श्रेष्ठ

 

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सामाजिक संजालले जनतालाई शक्तिशाली बनाइरहेको टिप्पणी गरेकी छिन् । उनले सामाजिक संजालले चुनावी खर्च पनि घटाइदिएको बताउँदै, सामाजिक संजालमा नकारात्मक कुरा सकारात्मक कुराभन्दा ६ गुणा छिटो फैलिने पनि बताइन् । उनले भनिन्, ‘भर्चुअल दुनियाँमा कसरी टिक्ने र यसमा कस्तो व्यवहार गर्ने भनेर हामीलाई सिकाइएकै छैन ।’

कान्तिपुर कन्क्लेभमा कुरा गर्दै उनले यस्तो बताएकी हुन् । 

We have not been taught what to do in the virtual world: Sumana Shrestha
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(05:53 PM)

दलभित्र हुने केन्द्रीकृत शक्ति अभ्यासले लोकतन्त्र जनतासम्म फर्काउँदैन : योगेश भट्टराई

एमालेका उपमहासचिव योगेश भट्टराईले लोकतन्त्रमा आफूहरूले शक्तिको विकेन्द्रीकरण खोजेको बताएका छन् । कान्तिपुर कन्क्लेभमा बोल्दै उनले दलभित्रको शक्ति पनि एउटै ठाउँमा केन्द्रीकृत हुने अभ्यासले लोकतन्त्रलाई जनतासम्म नफर्काउने बताए ।

उनले जेन-जी विद्रोहको घटनाले देशको बस्तुगत अवस्थालाइ बदलिएको पनि बताएका छन् ।

Centralized power exercises within parties do not return democracy to the people: Yogesh Bhattarai

(05:51 PM)

कांग्रेसमा नेतृत्व परिवर्तन मात्रै भएको होइन, नीतिगत रुपमा पनि प्रष्ट भएर आएको छ : प्रदीप पौडेल

कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा नेतृत्व परिवर्तन मात्रै भएको नभई नीतिगत रुपमा पनि प्रष्ट भएर आएको बताए । उनले भने, 'कांग्रेसमा नेतृत्व परिवर्तन मात्रै भएको होइन, नीतिगत रुपमा पनि प्रष्ट भएर आएको छ ।' कांग्रेस हिजो जस्तो थियो आज त्यस्तै हुन्छ भन्ने अनुमान गर्नु स्वाभाविक नहुने समेत उनले बताए ।

Not only has there been a change in leadership in the Nepali Congress, but it has also become clear in terms of policy: General Secretary Poudel
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(05:43 PM)

जेन–जी विद्रोह हामीमाथिको खबरदारी थियो : प्रदीप पौडेल

कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अब केवल प्रश्न मात्रै सोध्ने र शंका मात्रै गर्ने चरणबाट अघि बढेर सकारात्मक सोच अपनाउने समय आएको बताएका छन् । उनले आफूहरूले गल्ती महसुस गरेरै अघि बढेको बताउँदै, जेन–जी विद्रोहलाइ अराजकता मच्चाएको भनेर नभनी, आफूहरूमाथि आएको खबरदारीका रूपमा बुझेको बताए ।

कान्तिपुर कन्क्लेभमा बोल्दै उनले यस्तो बताएका हुन् ।

Gen-G rebellion was a warning to us: Congress General Secretary Poudel

(05:40 PM)

कान्तिपुर कन्क्लेभको अन्तिम सत्र ‘नीति, नेता र नेतृत्व’ सुरु

अन्तिम सत्र ‘नीति, नेता र नेतृत्व’ शीर्षकको सत्रमा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले कांग्रेस, एमाले र स्वतन्त्र धारका युवा नेतासँग नेतृत्व हस्तान्तरण र राजनीतिक संस्कृतिबारे बहस चलाउनेछन् । यो सत्रमा कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले उपमहासचिव योगेश भट्टराई र पूर्वमन्त्रीसमेत रहेकी सुमना श्रेष्ठ प्यानलिस्ट रहनेछन् । कन्क्लेभ एसियन पेन्टस्, एस्क्ट्रिम इनर्जी डि्रंक्स् र एनसेलको सहकार्यमा हुन लागेको हो ।

The last session of Kantipur Conclave 'Policy, Leader and Leadership' started

(05:36 PM)

प्रदेश मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट चयन हुनुपर्छ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधान संशोधन गरी प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट चयन गर्नु राम्रो हुने बताए । उनले स्थानीय सरकारजस्तै पाँच वर्ष कार्यकाल भएमा विकासको काम प्रभावकारी हुने बताए । ‘विकास र निर्माण समृद्धि प्रदेशका आ-आफ्ना प्राथमिकता छ । काठमाडौंमा गरेको निर्णय लागू नगरी आवश्यकता अनुसार प्रदेशबाट कमिटी र पार्टी सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचनबाट मुख्यमन्त्री चयन हुने गरी संविधान संशोधन गर्नुपर्छ । प्रदेश सरकार विधायिका र मूलतः विकासको युनिट भएकाले, यो निर्वाचन बहुमत आउन नसक्ने अवस्था भएकाले, जसरी स्थानीय सरकार पाँच वर्षजस्तै भए राम्रो हुन्छ ।’ उनले दलहरु संविधानको मर्म अनुसार संरचना बनाउन लाग्नुपर्ने बताए ।

Provincial Chief Minister should be elected through direct elections: Chief Minister Kandel
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(05:32 PM)

आठ वर्ष भइसक्दा पनि प्रदेशले सरकारको हैसियत पाउन सकेन : मुख्यमन्त्री बानियाँ 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीयता कार्यान्वयन भएको आठ वर्ष भइसक्दा पनि प्रदेशले सरकारको हैसियत पाउन नसकेको दाबी गरे । ‘संविधानले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार भन्ने व्यवस्था गरेको छ । स्थानीय सरकार छ । केन्द्र सरकार छ । तर प्रदेश संरचना छ, प्रदेश सरकार छैन,’ उनले भने,‘सरकार हुनको लागि प्रहरी चाहिन्छ । निजामती कर्मचारी चाहिन्छ । उसको भूगोलको अधिकार चाहिन्छ । भूमिसम्बन्धी अधिकार चाहिन्छ । वनसम्बन्धी अधिकार चाहिन्छ । यी मध्ये कुनै अधिकार प्रदेश सरकारसँग छैन । त्यसकारण यो प्रदेश सरकार होइन । प्रदेश संरचना मात्रै हो ।’

Even after eight years, the province has not been able to obtain government status: Chief Minister Baniya
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(05:32 PM)

संघीयतालाई बदनाम गर्न प्रदेश सरकारको खर्चबारे कुरा गर्ने काम भइरहेछ : सुदूरपश्चिम मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीयतासँग सम्बन्धित केही छिटपुट कुरा उठेपनि व्यवस्थाबारे खासै धेरै कुरा नउठेको बताएका छन् । उनले प्रदेश सरकारको खर्च र अन्य विषयहरू बदनाम गर्न मात्र उठाइएको बताए । मुख्यमन्त्री शाहले दलका नेतामाथि जसरी भाष्य निर्माण गरिएको छ, त्यसैगरी संघीयतालाई पनि बदनाम गर्ने प्रयास भइरहेको बताए ।

उनले भने, ‘संघीयताले उक्त ठाउँको विकास र सामान्य नागरिकले आफ्नो कुरा राख्ने स्थानको रूपमा काम गरेको छ ।’

कान्तिपुर कन्क्लेभमा बोल्दै उनले यस्तो बताए । उनले संघीयता कमजोर वा बलियो छ भनेर बहस गर्ने सट्टा, यस्तो बहसले समाधान दिन्छ कि दिन्न भनेर विचार गर्नुपर्ने बताए । साथै, जेन–जी विद्रोहपछि उठेका मुद्दामा हामी कहाँ छौं भनेर पनि सोच्नुपर्ने उनले बताए ।

 

 

Discussions about provincial government expenses are being held to discredit federalism: Sudurpaschim Chief Minister Shah

(05:27 PM)

जेन–जी आन्दोलनमा लुम्बिनी प्रदेशको सरकारी संरचना जलेन, मेरो घर जलाइयो : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनता प्रदेश सरकार चाहिन्छ भन्ने पक्षमा रहेको बताए । ‘जेन–जी आन्दोलनमा लुम्बिनी प्रदेशको सरकारी संरचना जलेन । मेरो घर जलाइयो । कुनै राजनीतिक  दलमा आबद्धहरुले मेरो घर जलाए,’ उनले भने, ‘लुम्बिनी प्रदेशका जनता प्रदेशको पक्षमा छन् ।’

Lumbini Province's government structure was not burned in the Gen-G movement, my house was burned: Chief Minister Acharya
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(05:20 PM)

मधेश प्रदेशलाई सबैभन्दा कम बजेट छुट्याइएको छ : मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सात प्रदेशमध्यै सबैभन्दा कम बजेट मधेशलाई छुट्याइएको दाबी गरे । ‘सातै प्रदेशलाई मिलाएर संघीय सरकारले ६ प्रतिशत बजेट छुट्याउँछ । त्यसमध्ये पनि सबैभन्दा कम १२ अर्ब समानीकरण बजेट मधेशलाई छुट्याइएको छ,’ उनले भने । 

जेन–जी आन्दोलन, सरकारको हेरफेरका कारण यस वर्ष कम विकास खर्च कम भएको उनको भनाइ छ । 

Madhesh Province has been allocated the lowest budget: Chief Minister Yadav
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(05:07 PM)

संघीयतालाई लिएर राजनीतिक दल नै विभाजित छन् : मुख्यमन्त्री यादव

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई लिएर राजनीतिक दलहरु नै विभाजित भएको बताए । 'संघीयतालाई लिएर राजनीतिक दलहरु नै विभाजित छन् । एकखाले दलहरु नै संघीयता अपरिहार्य छ भन्छन्, अर्को दलहरु संघीयताको विरोधमा बोल्न नसक्ने तर खारेज होस् भन्ने छन्,’ उनले भने, ‘संघीयता चाहिँदैन भनेर सार्वजनिक अभिव्यक्ति दिने दलहरु पनि छन् । जसको भूमरीमा प्रहरी ऐनलगायत थुप्रै ऐनहरु परेका छन् ।’

Political parties are divided over federalism: Chief Minister Yadav
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(05:04 PM)

संघीयतापछि मधेशका जनताले राज्यको महसुस गरे : मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयता कार्यान्वयनमा आएपछि मात्रै मधेशका जनताले राज्यको महसुस गर्न पाएको बताए । ‘संघीयता मधेशलाई चाहिन्छ । मधेशका उत्पीडित मधेशी, जनजाति, आदिवासी, दलितले संघीयतापछि हाम्रो पनि सरकार र राज्य छ भनेर महसुस गर्न पाएका छन्,’ उनले भने ।

After federalism, the people of Madhesh felt the state: Chief Minister Yadav
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(05:01 PM)

कोशी प्रदेशमा किसान खुसी हुने काम गरेका छौं : मुख्यमन्त्री कार्की

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा पशुपालनसहित किसान खुसी हुने गरेर काम गरेको बताए । पशुपालन क्षेत्रसहित किसानको हकहितमा केन्द्रित भएर प्रदेश सरकारले काम गरेको उल्लेख गर्दै उनले यसले किसानलाई सन्तुष्ट बनाएको दाबी गरे । साथै, प्रदेशमा पशुमा देखिने रोगको उपचारका लागि खोपलगायतका व्यवस्था अन्य प्रदेशले समेत सिको गरिरहेको बताए । ‘मह उत्पादन होस् वा कफी जोन नै तयार गरेर काम गर्ने विषयमा प्रदेश सरकारले सहयोग गरिरहेको छ,’ उनले भने, ‘अहिले भैँसीको मासु चीन निर्यात गर्ने तयारीमा समेत प्रदेशले काम अघि बढाएको छ। कोशी प्रदेशका किसान ह्यापि छन।’

We have worked to make farmers happy in Koshi Province: Chief Minister Karki
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(04:57 PM)

कर्णाली प्रदेशमा भौतिक पूर्वाधारका काम भएकै कारण सबै जिल्लामा एकै दिनमा पुग्न सकिन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशमा भौतिक पूर्वाधारका काम भएकै कारण सबै जिल्लामा एकै दिनमा पुग्न सकिने बताए । ‘हामीले राम्रो काम गरेका छौं । सुशासनलगायत अवस्था सुधार गरेको अवस्था हो । बजेट खर्च, संरचनागत सुधार भएको अवस्था हो,’ उनले भने ।

Due to physical infrastructure work in Karnali Province, all districts can be reached in a single day: Chief Minister Kandel
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(04:52 PM)

कानुन परिमार्जन गर्न सके प्रदेशहरुले राम्रो काम गर्न सक्छन् : मुख्यमन्त्री कँडेल

कर्णालीको मुख्यमन्त्री यामलाल कँडेलले पुराना कानुन परिमार्जन गर्न सके प्रदेशहरुले राम्रो काम गर्न सक्ने बताए । ‘कानुन परापूर्वकालका छन् । जो मान्छे गए पनि यही अवस्थामा भनेजस्तो काम गर्न सकिँदैन । बदल्ने हो भने प्रदेशले गर्ने  काम गर्न सक्छ,’ उनले भने, ‘हामीले तीन तहको सरकार सञ्चालन भएको ८ वर्ष व्यतित भयो । संरचनागत, नीतिगत सुधार गर्नुपर्ने अवस्था छ । ’

Provinces can do better if they amend laws: Chief Minister Kandel
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(04:46 PM)

प्रदेश आवश्यक छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताले प्रदेश सरकारको कामको कारण विकासको अनुभूति गरेको बताए । 'जबर्जस्ती प्रदेशको आवश्यकता छैन । बोझ भयो । खर्चिलो भयो भन्ने जस्ता भाष्य सिर्जना खोजिएको छ,' उनले भने, ‘प्रदेशको कारण जनताले विकासको अनुभूति गरेका छन् । प्रदेश सरकार सँग जनता खुसी छन् ।’

An attempt is being made to create a narrative that states are not necessary: ​​Chief Minister Acharya
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(04:39 PM)

जेन–जी आन्दोलन अकल्पनीय र अप्राकृतिक प्रकोप जस्तो भयो : मुख्यमन्त्री बानियाँ

जेन–जी आन्दोलन हुनुभन्दा एक महिना अगाडि मात्रै बागमती प्रदेशको मुख्यमन्त्री भएका इन्द्रबहादुर बानियाँले जेन–जी आन्दोलन अकल्पनीय र अप्राकृतिक प्रकोप जस्तो भएको बताए । ‘जेन–जीको माग र प्रदर्शन एकातिर थियो । घटना अर्कोतिर भयो । अब हामीले निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्छ,’ उनले भने,‘निर्वाचनबाट आउनेले प्रणालीलाई सुधार गर्ने हाम्रो कर्म, धर्म र जनताप्रति उत्तरदायित्व त्यही हुनेछ ।’

The Gen-G movement was like an unimaginable and unnatural disaster: Chief Minister Baniya
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(04:33 PM)

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । ‘तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ । प्रदेश वा स्थानीय सरकारले बनाएका कानुन केन्द्र सरकारका कानुनसँग बाझिए खारेज हुने अवस्था पनि आउँछ,’ उनले भने,‘संघीय प्रणालीलाई स्थिर र प्रभावकारी बनाउन केही संवैधानिक प्रावधानमा सुधार छ ।’

Coordination and collaboration between three levels of government is necessary: ​​Chief Minister Pandey

(04:30 PM)

भत्किएका कुरा मात्र समाचार बन्छन्, बनेका कुरा बाहिर आउँदैनन् : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मिडिया र सामाजिक सञ्जालमा प्रदेशले गरेका राम्रा कामहरु चर्चा नभएकाले पनि मानिसहरुलाई प्रदेश सरकारको बारेमा प्रश्न उठ्ने गरेको बताए । ‘भत्किएका कुरा मात्र समाचार बन्छन्, बनेका कुरा बाहिर आउँदैनन्,’ उनले भने, ‘यसले समाजमा निराशा फैलाएको छ, जेन–जी आन्दोलनको एउटा कारण यो पनि हो । सरकारले गरेका सकारात्मक काम समयमै सार्वजनिक भए जनतामा नकारात्मक प्रभाव कम हुन्छ ।’ जेन्जी आन्दोलन हुनुअघि नै गण्डकी प्रदेशमा ३२ वटा कार्यालय घटाएर १९ मा झारेको, दरबन्दी कटौती गरिएको जानकारी समेत उनले दिए । 

Only broken things become news, things that are made don't come out: Chief Minister Pandey
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(04:23 PM)

प्रदेश सरकारले गरेका कामले गाउँको रूप फेरिएको छ : लुम्बिनीका मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार खर्चिलो भएको भन्दै आलोचना गर्ने शैली गलत भएको बताए ।

कान्तिपुर कन्क्लेभमा बोल्दै उनले पछिल्लो सात वर्षमा जनताले प्रदेश सरकारले गरेका कामबाट मात्रै विकासको अनुभूति गरेको उल्लेख गरे । उनले भने, ‘प्रदेशले पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीले गाउँको रूप नै फेरिएको छ ।’

The work done by the provincial government has changed the face of the village: Lumbini Chief Minister Acharya
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(04:13 PM)

जेन–जी आन्दोलनपछि मेरो नेतृत्वमा तेस्रो पटक सरकार विस्तार भएको छ : कृष्णप्रसाद यादव

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेन–जी आन्दोलनपछि आफ्नो नेतृत्वमा तेस्रो पटक मधेस सरकार विस्तार भएको बताएका छन् । उनले भने, ‘जेन–जी सरकार अघि एउटा सरकार थियो । जेन–जी आन्दोलनपछि एउटा सरकार २२ दिनमा र अर्को सरकार २५ दिनमा परिवर्तन भयो । त्यसपछि मेरो नेतृत्वमा सरकार बनेको हो ।’ उनले थपे, ‘शतप्रतिशत समर्थनमा सरकार बनेको छ ।’

जेन–जीको भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्ने मागलाई मधेस सरकारले आत्मसात गरेको भन्दै यादवले निश्चित रूपमा जनतालाई अनुभूति दिने वातावरण बनेको बताए ।

The government has expanded for the third time under my leadership after the Gen-G movement: Krishna Prasad Yadav
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(04:11 PM)

निर्वाचन प्रणाली नै सुधार्नुपर्छ : इन्द्रबहादुर बाँनियाँ

वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाँले निर्वाचन प्रणाली नै सुधार्नुपर्ने बताएका छन् । उनले भने, ‘यो प्रणालीले कसैलाई बहुमत ल्याउन दिँदैन ।’ दुई वा दुईभन्दा बढी दल नमिली सरकार नै नबन्ने अवस्था केन्द्र र प्रदेश दुवैतिर रहेको उनले उल्लेख गरे ।

कान्तिपुर कन्क्लेभमा बोल्दै उनले यस्तो बताएका हुन् ।

The electoral system itself must be reformed: Indra Bahadur Bania
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(04:11 PM)

'मुख्यमन्त्री पद जान्छ भन्नेमा हामी चिन्तित थिएनौँ, जनताले दुःख पाउने कुरामा चिन्तित थियौं'

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपालको संविधान रहेसम्म प्रदेश रहनेमा आफूहरु ढुक्क रहेको बताए । उनले भने, 'नेपालको संविधान रहेसम्म प्रदेश रहनेमा हामी ढुक्क थियौं । मुख्यमन्त्री जान्छ भन्नेमा हामी चिन्तित थिएनौँ । जनताले दुःख पाउँछन् भन्नेमा हाम्रो चिन्ता थियो ।'

'We were not worried about losing the Chief Minister's post, we were worried about the people suffering'
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(04:06 PM)

भदौ २३ र २४ गतेपछिका प्रदेश मुख्यमन्त्रीहरूमा भय र अन्योल भयो : हिक्मतकुमार कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २३ र २४ गतेको घटनापछि प्रदेशका मुख्यमन्त्रीहरूमा भय र अन्योलको अवस्था देखिएको बताए । उनले पद नै जान्छ भन्ने चिन्ता नभए पनि के हुन्छ र कता जान्छ भन्ने अन्योल भने रहेको उल्लेख गरे ।

कान्तिपुर कन्क्लेभमा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

 

Fear and confusion arose among the provincial chief ministers after Bhadra 23 and 24: Hikmat Kumar Karki
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(04:00 PM)

कान्तिपुर कन्क्लेभको पाँचौ सत्र ‘संघीयता : संरचना मात्र कि संवाहक पनि ?’ सुरु

दोस्रो दिनको पाँचौ सत्र ‘संघीयता : संरचना मात्र कि संवाहक पनि ?’ मा सातै प्रदेशका मुख्यमन्त्रीहरू एउटै मञ्चमा उभिएर बहस गर्दैछन् । सत्रको सहजीकरण कान्तिपुर टेलिभिजनका समाचार प्रमुख रूपेश श्रेष्ठले गरेका छन् ।संघीयताको उपलब्धि, चुनौती र भविष्यबारे प्रत्यक्ष राजनीतिक नेतृत्वबीच संवाद हुनेछ।

The fifth session of Kantipur Conclave, ‘Federalism: Only Structure or Also a Conveyor?’ begins
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(03:44 PM)

जेन–जीले व्यक्ति पूजा गर्दैनन् : जेन–जी अगुवा अन्सारी

जेन–जी आन्दोलनका अगुवा माजिद अन्सारीले जेन–जी युवाहरूले व्यक्ति भन्दा पनि विधि, प्रक्रिया र पद्धतिलाई प्राथमिकता दिने बताएका छन् ।

कान्तिपुर कन्क्लेभको दोस्रो दिन ‘गणतन्त्रका नयाँ आवाज’ विषयक सत्रमा धारणा राख्दै उनले व्यक्तिलाई पूजा गरेर व्यवस्था बलियो नहुने स्पष्ट पारे । ‘लोकतन्त्र, संघीयता र समावेशी सिद्धान्त बलियो हुनुपर्छ । जेन–जीले कहिल्यै पनि व्यक्ति पूजा गर्दैन । राजा चाहिएको होइन, राजा त हामीले फालिसकेका छौं,’ उनले भने ।

जेन–जीहरू संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको उनले जनाए । ‘रवि लामिछाने भदौ २४ गते जेलबाट निस्कँदा जेन–जीहरू नै अगाडि थिए । तर हामीले “गो ब्याक” भन्यौं—सेनासँग होइन, राष्ट्रपतिसँग वार्ता गर्छौं भन्ने पनि जेन–जी नै हो,’ उनले भने, ‘हामी व्यक्ति भन्दा पनि संस्था बलियो बनाउनुपर्छ भन्ने पक्षमा छौं ।’ निर्वाचनपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्नुपर्ने उनले बताए ।

 

 

Zen-ji does not worship individuals: Zen-ji leader Ansari

(03:42 PM)

नयाँ पुस्तासँग राजनीतिक चेतना छैन भनेर भन्न मिल्दैन : रक्षा बम

जेन–जी अभियन्ता रक्षा बमले नयाँ पुस्तासँग राजनीतिक चेतना छैन भनेर भन्न नमिल्ने बताएकी छन् । उनले सुशासनको मुद्दा लिएर जेन–जी सडकमा जानु नै राजनीतिक चेतनाको प्रमाण भएको बताइन् । सिंगो पुस्ताले राजनीति गर्न नसक्ने उल्लेख गर्दै उनले भनिन्, ‘नागरिक तहको राजनीतिक चेतना आवश्यक छ, र जेन–जीमा त्यो छ ।’

कान्तिपुर कन्क्लेभमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

It cannot be said that the new generation lacks political awareness: Raksha Bam

(03:35 PM)

नेपालमा जेन–जीहरू लोकतान्त्रिक छन् : माजिद अन्सारी

जेन–जी अभियन्ता माजिद अन्सारीले नेपालका जेन–जीहरू लोकतान्त्रिक भएको बताउँदै त्यसैले चुनाव हुने वातावरण बनेको बताएका छन् । उनले बंगलादेशको भन्दा यहाँ फरक दृश्य देखिएको उल्लेख गर्दै पुराना दल चुनाव नचाहिरहेको, तर जेन–जी विद्रोहबाट बनेको सरकारले चुनाव गराउनकै लागि जाँचबुझ आयोगको मिति सारिएको दाबी गरे ।

कान्तिपुर कन्क्लेभमा बोल्दै उनले यस्तो बताएका हुन् ।

Gen Zs in Nepal are democratic: Majid Ansari
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(03:32 PM)

जनताका नेता हुन्छन्, जनताका मालिक हुँदैनन् : रक्षा बम

जेन–जी अभियन्ता रक्षा बमले नयाँ र पुरानो भन्ने विषयमा गलत भाष्य बनेको बताइन् । उनले दलभित्र सुधार हुनुपर्ने र पुस्तान्तरणभन्दा पनि नेतृत्व हस्तान्तरण हुनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘नेतृत्व हस्तान्तरण भनेको जेन–जी आउनुपर्छ भन्ने होइन । जुन मानसिकता र प्रवृत्तिका विरुद्धमा हामी बोलेका छौं, त्यसलाई हटाउने हो ।’

उनले जनताका नेता हुन्छन्, जनताका मालिक हुँदैनन् भन्दै भनिन्, ‘जनताको मालिक सम्झेर उम्मेदवारहरू जनतामाझ जानु हुँदैन ।’

People have leaders, not masters: Raksha Bam

(03:25 PM)

नयाँ र पुरानो गर्ने बाँडफाँडप्रति नै मेरो असहमति : प्रदीप ज्ञवाली

जेन–जी अभियन्ता एवं रास्वपाका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले राजनीतिक दलमा नयाँ र पुरानो भनेर गरिने बाँडफाँडप्रति आफ्नो विमति रहेको बताएका छन् ।

‘राजनीतिक दलका मूलभूत नारा र सिद्धान्त आ–आफ्नै हुन्छन् । नयाँ र पुरानो भनेर गरिने बाँडफाँडप्रति नै मेरो असहमति छ,’ कान्तिपुर कन्क्लेभको ‘गणतन्त्रका नयाँ आवाज’ सत्रमा सहभागी हुँदै उनले भने, ‘हामीलाई जति नयाँको आवश्यकता छ, त्यति नै पुरानोको अनुभव र दक्षता पनि चाहिन्छ ।’

आफूहरूसँग नयाँ भिजन र राजनीतिमा नवीनता रहेको तर्क पनि गरे । ‘इतिहासका पानाहरू पल्टाउँदै उनीहरूलाई सम्मान गर्दै, वर्तमानका कमजोरीलाई सच्याउँदै भविष्यलाई राजनीतिक दिशा दिन नयाँ पुस्ता सक्षम छ,’ उनले भने ।

 

 

My disagreement is with the division of new and old: Pradeep Gyawali
तस्बिर : दीपक केसी/कान्तिपुर

(03:21 PM)

चुनाव नलड्ने मेरो सोच थियो, म सडकमै रमाइरहेकी छु : रक्षा बम

जेन–जी अभियन्ता रक्षा बमले आफू सदन भन्दा पनि सडकमै रमाउने र सडकबाटै लोकतान्त्रिक मूल्य मान्यता जोगाउन उद्दत रहने बताइन् । 'म अझै केही सिक्छु । राजनीति व्यक्तिगत कुरा हो । विभिन्न दलले राखेको प्रस्तावमा कृतज्ञ छु । तर चुनाव नलड्ने मेरो सोच थियो,' उनले भनिन्, 'सडक मेरो नजिक छ । सडकले प्रश्न सधैं जीवित राख्छ । सडकमै रहेर प्रश्न गर्दा र पारदर्शिताको माग गर्दा अझै बलियो हुन्छ ।'

I was thinking of not contesting the election, I am enjoying myself on the streets: Raksha Bam
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(03:18 PM)

भुईमान्छेलाई नसुन्ने र नगन्ने लोकतन्त्र काम छैन : माजिद अन्सारी

जेन–जी अभियन्ता माजिद अन्सारीले भुईमान्छेको आवाज नसुन्ने र नगन्ने नेताहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन नसक्ने बताएका छन् ।

कान्तिपुर कन्क्लेभको दोस्रो दिन ‘गणतन्त्रका नयाँ आवाज’ विषयक सत्रमा धारणा राख्दै उनले नयाँ–पुराना राजनीतिक दलका नेताहरूमा आम सर्वसाधारणको आवाज नसुन्ने र उनीहरूलाई नगन्ने प्रवृत्ति रहेको औंल्याए । ‘मुकुलुङ र पाथीभरा गएर मात्र त्यहाँको जनताको सम्मान हुँदैन । भुईमान्छेलाई नगन्ने हो भने लोकतन्त्र टिक्दैन,’ उनले भने ।

Democracy that does not listen to and count on the common man is useless: Majid Ansari
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(03:17 PM)

'नयाँ र पुरानो पार्टीको भ्रम छाडेर अवश्यकता के हो भन्ने कुरा बुझ्न आवश्यक छ'

युवा उम्मेदवार अजय कुशवाहाले देश विकास र राजनीतिक प्राथमिकता अहिलेको आवश्यकता भएको बताए । उनले नयाँ र पुरानो पार्टीको भ्रम छाडेर अवश्यकता के हो भन्नेतर्फ केन्द्रित हुनुपर्ने बताए । ‘नयाँ केको आधारमा भन्ने हो ? दर्ता गरिएको पार्टीको आधारमा वा विचार र सोचको आधारमा ?,’ उनले भने,‘ अहिले हामीले जेन–जी आन्दोलनको मूल उद्देश्य बुझ्न आवश्यक छ ।’ उनका अनुसार देशको विकास मुख्य उद्देश्य हुनु पर्छ र फेसभन्दा पनि वास्तविक समस्यामा ध्यान दिन जरुरी छ । ‘जनतालाई ठूलो कुरा चाहिँदैन, केवल बाटो, नाला र समाज राम्रो होस् भन्ने चाहना छ,’ उनले भने,‘सरकार कसको बन्ने, सरकारबाहिरकाले कहिले सरकार बनाउने भन्नेबारे केही सोचेनन् ।’

'It is necessary to leave behind the confusion of new and old parties and understand what is necessary'
तस्बिर : दीपक केसी/कान्तिपुर

(03:12 PM)

सडकमै रहेर प्रश्न गर्दा लोकतन्त्र अझै बलियो हुन्छ : रक्षा बम

जेन–जी अभियन्ता रक्षा बमले हामीले सोचेजस्तो राजनीतिक संस्कार हामीसँग छ कि छैन भनेर गम्भीर रूपमा सोच्नुपर्ने बताएकी छन् । उनले राजनीतिमा आउने कि नआउने भन्ने व्यक्तिगत निर्णय भए पनि नबुझीकन राजनीतिमा प्रवेश गर्दा जनतामाथि धोका हुने धारणा राखिन् ।

उनले आफू चुनाव नलड्ने र सडकमै बसेर संघर्ष गर्ने बाटो रोजेको बताइन् । बमले केही पार्टीहरूले आफूलाई उम्मेदवार बन्न प्रस्ताव गरेको उल्लेख गर्दै भनिन्, ‘मैले सडक नै रोजेँ । लोकतान्त्रिक मूल्य–मान्यतामाथि सडकमै रहेर प्रश्न गर्दा लोकतन्त्र अझै बलियो हुन्छ ।’कान्तिपुर कन्क्लेभको ‘गणतन्त्रका नयाँ आवाज’ सत्रमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

 

 

Democracy is strengthened by asking questions on the streets: Raksha Bam
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(03:04 PM)

नयाँ पुरानो भन्दा पनि आन्दोलन किन भयो भन्ने प्रश्न गर्नुपर्छ : अजय कुशवाह

नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका अजय कुशवाहाले कुनै पार्टीमा भयो भने राम्रो हुने, अन्य पार्टीमा भयो भने सबै नराम्रो हुने सोच हावी भइरहेको बताए । कान्तिपुर कन्क्लेभको ‘गणतन्त्रका नयाँ आवाज’ सत्रमा बोल्दै उनले भने, ‘नयाँ र पुरानोले केही फरक पार्दैन ।’

उनले नयाँ–पुरानो भन्दा पनि आन्दोलन किन भयो भन्ने प्रश्न गर्नुपर्ने बताए ।

We should question why the movement happened, rather than the new and old ones: Ajay Kushwaha

(03:03 PM)

दलको लोकतन्त्र बलियो भए पो देशको लोकतन्त्र बलियो हुन्छ : रक्षा बम

जेन–जी अभियन्ता रक्षा बमले आफूहरूले नयाँको नाममा अनुहार र व्यक्ति भन्दा पनि नेतृत्व गर्ने नयाँ शैली खोजेको बताइन् । उनले भनिन्, 'हामीलाई एउटा केपी ‌ओली फालेर अर्को ओली चाहिएको हैन । दलभित्र सुधार चाहिएको थियो । दलको लोकतन्त्र बलियो भए पो देशको लोकतन्त्र बलियो हुन्छ । ' उनले राजनीतिक संस्कारलाई परिवर्तन गर्नुपर्ने बेला आएको बताइन् । 'हामीले हाम्रो उमेर अनुसारको समय सापेक्ष परवर्तनको माग गरेका थियौँ,' उनले थपिन् ।

If the party's democracy is strong, the country's democracy will be strong: Raksha Bam
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(02:58 PM)

एउटा केपी ओली फालेर अर्को केपी ओली ल्याउनुछैन : रक्षा बम

एउटा केपी ओली फालेर अर्को केपी ओली ल्याउनुछैन : रक्षा बम

जेन–जी अभियन्ता रक्षा बमले आफूहरूले सबै नयाँ चाहेको भन्दा पनि गलत शैली र गलत प्रवृत्तिको विरोध गरेको बताएकी छन् । उनले भनिन्, ‘एउटा केपी ओली फालेर अर्को केपी ओली ल्याउनुछैन ।’

कान्तिपुर कन्क्लेभको ‘गणतन्त्रका नयाँ आवाज’ सत्रमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले परिवर्तनको अर्थ शैली पनि भएको स्पष्ट पारेकी छन् ।

We will not replace one KP Oli with another: Raksha Bam
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(02:51 PM)

कान्तिपुर कन्क्लेभको चौथो सत्र : ‘गणतन्त्रका नयाँ आवाज’ सुरु

दोस्रो दिनको चौथो सत्र ‘गणतन्त्रका नयाँ आवाज’ सुरु भएको छ । सत्रमा रक्षा बम, माजिद अन्सारी, प्रदीप ज्ञवाली र अजय कुशवाहाले नेतृत्व, वैधता र नागरिक सहभागितामाथि बहस गर्नेछन् । 

Fourth session of Kantipur Conclave: 'New Voices of the Republic' begins

(02:03 PM)

हङकङ, बंगलादेश वा नेपालमा भएका आन्दोलन अमेरिकाले सिर्जना गरेको होइन : रोबर्ट योर्क

अमेरिकी थिंकट्यांक प्यासिफिक फोरमका क्षेत्रीय मामिला निर्देशक रोबर्ट योर्कले हङकङ, बंगलादेश वा नेपालमा भएका आन्दोलन अमेरिकाले सिर्जना नगरेको बताए । उनले भने, 'युक्रेन, हङकङ, बंगलादेश वा यहाँ भएका लोकतान्त्रिक आन्दोलन वा प्रदर्शनहरू अमेरिकाले सिर्जना गरेका होइनन् । ती समाजका नागरिकहरूले आफैं आवाज उठाए र परिवर्तनको माग गरे । अमेरिका ती आन्दोलनहरूको श्रेय लिन चाहँदैन ।'

The protests in Hong Kong, Bangladesh or Nepal were not created by the US: Robert York
अमेरिकी थिंकट्यांक प्यासिफिक फोरमका क्षेत्रीय मामिला निर्देशक रोबर्ट योर्क । तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(01:54 PM)

तथाकथित ‘रेड लाइन’ चीनले सिर्जना गरेको होइन : गाओ लियाङ

चीनको सिचुवान विश्वविद्यालयको नेपाल सेन्टरका उपनिर्देशक गाओ लियाङले चीन-नेपालका राजनीतिक शक्तिहरूबीच पहिल्यैदेखि केही हदसम्म साझा सहमति बनेको र केही विषयमा जतिसुकै मतभेद भए पनि मूलभूत प्रश्नहरूमा समान चिन्ता र सम्मान देखिने बताए । 'कहिलेकाहीँ केही मुद्दाहरू केस बाई केस रूपमा देखा पर्न सक्छन् । तर यदि ती मुद्दाहरूलाई गहिराइमा हेर्ने हो भने, त्यसको दबाब नेपाल वा चीनबाट होइन, बाह्य शक्तिहरूबाट आएको देखिन्छ,' उनले भने,'यी दबाबहरू ऐतिहासिक कारण ‍उपनिवेशवाद र साम्राज्यवादसँग जोडिएका छन् । त्यसैले यी तथाकथित ‘रेड लाइन’हरू चीनले सिर्जना गरेको होइनन्, यसका लागि चीनलाई दोष दिनु उपयुक्त हुँदैन ।'

The so-called 'red line' was not created by China: Gao Liang
चीनको सिचुआन विश्वविद्यालयको नेपाल सेन्टरका उपनिर्देशक गाओ लियाङ । तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(01:47 PM)

७५ वर्षदेखि चीन–नेपालबीचको सम्बन्ध स्थिर र सुदृढ रहँदै आएको छ : गाओ लियाङ

चीनको सिचुवान विश्वविद्यालयको नेपाल सेन्टरका उपनिर्देशक गाओ लियाङले चिनियाँ पक्षबाट नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको बताए । नेपाली पक्षबाट चीनका मूल हितहरूप्रति सम्मान गरेका कारणले पनि विगत ७५ वर्षदेखि चीन–नेपालबीचको सम्बन्ध स्थिर र सुदृढ रहँदै आएको बताए ।

China-Nepal relations have remained stable and strong for 75 years: Gao Liang
चीनको सिचुआन विश्वविद्यालयको नेपाल सेन्टरका उपनिर्देशक गाओ लियाङ । तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(01:43 PM)

चीनले नेपालमा हिमालय कनेक्टिभिटीका लागि समेत बीआरआई प्रवर्द्धन गर्न चाहन्छ : गाओ लियाङ

चीनको सिचुआन विश्वविद्यालयको नेपाल सेन्टरका उपनिर्देशक गाओ लियाङले चीनले नेपालमा हिमालय कनेक्टिभिटीका लागि समेत बीआरआई प्रवर्द्धन गर्न चाहेको बताए । उनले भने, 'त्यसबाट नेपालले विकास मात्र प्राप्त गर्दैन । कम विकासशील मुलुक नेपालले चीनको तिब्बत क्षेत्रको विकासका लागि समेत सकरात्मक बाह्य वातावरण तयार गर्नेछ ।'

China wants to promote BRI for Himalayan connectivity in Nepal as well: Gao Liang
चीनको सिचुआन विश्वविद्यालयको नेपाल सेन्टरका उपनिर्देशक गाओ लियाङ । तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(01:34 PM)

नेपाल-भारत सम्बन्ध अर्थतन्त्र र संस्थागत विकासमा आधारित हुँदै गएको छ : स्नेहा कुम्चा

नेपालसँग भारतले आर्थिक अन्तरनिर्भरता र संस्थागत सहकार्यको नीति लिन लागेको भारतको साउथ एसिया सेन्टर, एमपी-आईडिएसएकी अनुसन्धानकर्ता स्नेहा कुम्चाले बताइन् ।  कुम्चाले भारतले नेपालसँग गर्ने सम्बन्धलाई पछिल्लो समय परिवर्तन गर्दै गएको बताइन् ।  कुम्चाले भनिन्, 'पाँच वर्षअघिसँग तुलना गर्दा, हाल नेपाल र भारतका सम्बन्धहरू वास्तवमै अर्थतन्त्र र संस्थागत विकासमा आधारित हुँदै गएको छ ।'

Nepal-India relations are becoming based on economy and institutional development: Sneha Kumcha
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(01:19 PM)

जेन-जी आन्दोलनले हामी कहाँ छौं, के गर्न सक्छौं भनेर खोज्ने समय दिएको छ : मृगेन्द्र कार्की

त्रिभुवन विश्वविद्यालयको सिनासका कार्यकारी निर्देशक मृगेन्द्र कार्कीले जेन–जी आन्दोलनले सबैलाई प्रश्न गरेको बताए । कार्कीले भने, 'यो प्रश्नसँगै नेपाल के हो ? हामी कहाँ छौं ? हामी के गर्न सक्छौं भनेर खोज्ने समय आएको छ ।'

The Gen-G movement has given us time to explore where we are and what we can do: Mrigendra Karki
त्रिभुवन विश्वविद्यालयको सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्र कार्की । तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(01:03 PM)

कान्तिपुर कन्क्लेभको तेस्रो सत्र ‘शक्तिको रस्साकसीमा नेपाल’ सुरु

दोस्रो दिनको तेस्रो सत्र ‘शक्तिको रस्साकसीमा नेपाल’ सुरु भएको छ । सत्रमा चीन, भारत र अमेरिकाका विज्ञहरूले नेपालको भू–राजनीतिक अवस्थामाथि बहस गर्दैछन् । चीनको सिचुआन विश्वविद्यालयको नेपाल सेन्टरका उपनिर्देशक गाओ लियाङ, भारतको एमपी–आईडीएसएका शोधकर्ता स्नेहा कुम्चा, अमेरिकी थिंकट्यांक प्यासिफिक फोरमका क्षेत्रीय मामिला निर्देशक रोबर्ट योर्क र सिनासका कार्यकारी निर्देशक मृगेन्द्र कार्की प्यानलिस्ट रहनेछन्। छिमेकी र विश्व शक्तिबीच सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्न यस सत्रको केन्द्रमा हुनेछ। सत्रलाई रेस्ट अफ वर्ल्डका प्रधान सम्पादक अनुप काफ्लेले सहजीकरण गर्नेछन्।

The third session of Kantipur Conclave, 'Nepal in the tug of war of power', begins

(12:57 PM)

प्रतिनिधित्वको नाममा जसलाई पनि उम्मेदवार उठाउनु सही होइन : खुश्बु ओली

राजनीतिकर्मी खुश्बु ओलीले सामानुपातिक प्रणालीबाट संसद्‌मा प्रतिनिधित्व गराउने नाममा जसलाई पनि उम्मेदवार उठाउने अवस्था सही नभएको बताइन् । ‘०६२/६३ पछाडि पिछाडिएको मुद्दालाई सम्बोधन गर्ने नीति र कानुन बनेको छैन । सामानुपातिक प्रणालीबाट ल्याएका कतिपयले नीतिगत हस्तक्षेप गर्न सकिरहेको छैन । यो लज्जास्पद विषय हो,’ उनले भनिन्,‘जुनसुकै प्रणालीबाट प्रतिनिधित्व भएपनि नीतिगत हस्तक्षेप प्रतिनिधित्व गर्ने हैसियत खोज्छ । पढे लेखेको महिला राजनीतिमा आउँदा पिछडिएको महिला आउनैपर्छ भन्ने हुँदैन ।’

It is not right to nominate just any candidate in the name of representation: Khushbu Oli
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(12:53 PM)

म गरिब जनताको उत्थानका लागि राजनीतिमा लागेको हुँ : ऋषि धमला

राजनीतिकर्मी ऋषि धमलाले आफू सबै कुरा छाडेर जनताको सेवा गर्न राजनीतिमा लागेको बताए । उनले आफू सबैभन्दा धेरै नेतासँग संगत गरेको नेता भएको दाबी गर्दै भने, ‘म गरिब जनताको उत्थानका लागि राजनीतिमा आएको हुँ ।’ कान्तिपुर कन्क्लेभमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले आफू कांग्रेस नेता प्रदीप गिरीको विचार बोकेर हिडेको दाबी गर्दै स्वास्थ्य र शिक्षालाई निशुल्क बनाउनुपर्ने तर्क पनि गरे । उनले थपे, ‘म त्यसै र अनायास राजनीतिमा आएको छैन । नेताहरूसँग संगत गरेको अनुभव छ र मैले सबै कुरा बुझेको छु ।’

I entered politics for the upliftment of the poor: Rishi Dhamala
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(12:50 PM)

देश बनाउने विषय सामाजिक सञ्‍जालमा बहस भएन : ऋषि धमला

राजनीतिकर्मी ऋषि धमलाले सामाजिक सञ्‍जालमा देश बनाउने विषयमा बहस हुन नसकेको बताए । सामाजिक सञ्‍जालले समाजलाई विभाजित गरिरहेको उनको भनाइ थियो । उनले भने, 'कस्तो नेता जन्माउने, देशमा विकास कसरी गर्ने, रोजगारी सिर्जना गर्ने, लगानी कसरी भित्र्याउने विषयमा सामाजिक सञ्‍जालमा बहस भयो र ?'

The issue of nation-building was not debated on social media: Rishi Dhamala
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(12:44 PM)

अहिले ट्रेन्ड हेर्ने तर व्यक्ति, विचार नहेर्ने अवस्था छ : खुश्बु ओली

राजनीतिकर्मी खुश्बु ओलीले सामाजिक सञ्जालबाट पपुलर बनेको आधारमा नेता चुन्दा एकदम खतरानाक हुने बताइन् । ‘क्षणिक रुपमा  सामाजिक सञ्जालमा लगानी गरेर आफूलाई पपुलर बनाउन सकिन्छ । यसको आधारमा नेता चुन्ने एकदम खतरनाक कुरा हो,’ उनले भनिन्,‘अहिलेको समयमा ट्रेन्ड र लहर हेर्ने तर व्यक्ति कस्तो छ ? व्यक्तित्व कस्तो छ ? विचार के छ ? प्रश्न पनि नगर्ने, त्यो नेतामा जवाफदेहीता पनि नखोज्ने ? सामाजिक सञ्जालबाटै भोट भोग्ने अवस्था देखिन्छ ।’

Currently, there is a situation where people look at trends but not at individuals and ideas: Khushbu Oli
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(12:38 PM)

दाइजो प्रथाले सबैभन्दा बढी गाँजिएको छ मधेश : ऋषि धमला

राजनीतिकर्मी ऋषि धमला अब राजनीति पनि देश र जनताको लागि समर्पित हुने बताए । 'दुख पाएको जनता रौतहटमा छ । धादिङ र काठमाडौंबाट उठेको भए अत्यधिक मतबाट जित्थेँ । रौतहटबाट पनि जित्छु । सबैभन्दा बढी अशिक्षित र गरिब जनता भएको ठाउँमा छ,' उनले भने, 'दाइजो प्रथाले सबैभन्दा बढी गाँजिएको छ मधेश प्रदेश । त्यो सबै तस्बिर देखेर आएको छु । उखु किसानको समस्या समाधान गर्न गएको छु । म त्यसै गएको होइन रौतहट ४ ।'

Madhesh is the most affected by the dowry system: Rishi Dhamala
तस्बिर : अंगद ढकाल/कान्तिपुर

(12:33 PM)

'ऋषि धमला किन रोयो भनेर बुझ्न रौतहट जानुस्'

पत्रकारिता छाडेर राजनीतिमा होमिएका ऋषि धमलाले देश बनाउने विषयमा सामाजिक सञ्जालमा बहस किन भइरहेको  छैन भनेर प्रश्न गरेका छन् । उनले सामाजिक संजालको प्रयोगका बारेमा गम्भिर हुनुपर्ने बताउँदै आप्नो राजनीतिक यात्राबारे पनि बताए । 

उनले भने, ‘म जनताको बीचमा पुगेको छु । जनताको मत मेरो पक्षमा ल्याउनुछ । सबैजना एक पटक रौतहट गएर हेर्नुस् । त्यहाँ के छ देख्नुस्, ऋषि धमला किन रोयो भनेर त्यहाँ गएर बुझ्नुस् ।’

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

Go to Rautahat to understand why Srishi Dhamala cried: Srishi Dhamala
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(12:28 PM)

जेल जाने र फर्किने त दिनचर्या जस्तै भइसकेको छ : दुर्गा प्रसाइ

राजनीतिबाट देश नबनेको निष्कर्षमा पुगेपछि आफू फरक बाटोमा हिडेको दाबी मेडिकल व्यवसायी दुर्गा प्रसाइले गरेका छन् । कान्तिपुर कन्क्लेभमा बोल्दै उनले समस्या जहाँ छ, आफू त्यही आइपुगेको र राजा ल्याउनुपर्ने भनेर त्यसैले आफ्नो भनाइ रहेको बताए ।

उनले जेल जाने र फर्किने कुरा दिनचर्या जस्तै भइसकेको उल्लेख गर्दै राजसंस्था र धर्मको विषयमा आफू खुला रूपमा बोल्दै आएको बताए । 

Going to and from jail has become a routine: Durga Prasai
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(12:20 PM)

पूर्वराजा ज्ञानेन्द्रलाई अभिभावक मानेकाले आफू कहिलेकाहीँ रिसाएको हो : दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाइले आफूले पूर्वराजा ज्ञानेन्द्रलाई अभिभावक मानेकाले कहिलेकाहीँ उनीसँग रिसाउने गरेको बताए । कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘बच्चाहरू अभिभावकसँग रिसाउँछन् नि, त्यस्तै हो ।’

उनले ठूला दलका सबै नेताहरूसँग आफूले संगत गरेको बताउँदै पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गराएपछि आफूलाई ‘मार्सी’ भन्न थालिएको बताए ।

 

 

Durga Prasai: I sometimes get angry because I consider former King Gyanendra as my guardian
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(12:16 PM)

अबको संसद कत्तिको परिपक्क होला : खुश्बु ओली

राप्रपाकी नेता खुश्बु ओलीले सामाजिक सञ्जालले नेता नबनाउने, बरु यसले लहर मात्र ल्याउने बताएकी छन् । उनले सामाजिक सञ्जालमा सूचना र मिथ्या कुरा दुवै भएको उल्लेख गर्दै यो लोकप्रिय बन्ने सजिलो माध्यम भएको बताइन् । उनले लोकप्रिय माध्यम खोज्दै उम्मेदवारहरूले सामाजिक सञ्जालबाटै भोट माग्ने अभ्यास गर्दै आएको पृष्ठभूमि वर्णन गर्दै भनिन्, ‘अब बन्ने संसद कत्तिको परिपक्क होला भन्ने चिन्ता छ ।’

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्रमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

 

 

How mature will the next parliament be: Khushku Oli

(12:13 PM)

अहिलेको नेतृत्वले देश बनाउन सकेनन्, देश बनेन : ऋषि धमला 

राजनीतिकर्मी ऋषि धमलाले राजनीतिलाई सुधार्न र जनमुखी बनाउन आफू राजनीतिमा आएको बताए । राजनीतिमा लागेर नेपालको विकास र समृद्धिलाई अघि बढाउनुपर्ने उनले बताए । ‘अहिलेका नेतृत्व चुके । उनीहरुले राजनीतिक आन्दोलनमा सफलता प्राप्त गरे तर देश बनाउन सकेनन्, देश बनेन,’ उनले भने, ‘देशमा भ्रष्टाचार व्याप्त छ । देशमा सुशासन छैन कुशासन मात्रै छ । त्यसकारण पिछडिएको क्षेत्र रौतहट ४ बाट उम्मेदवार भएको छु ।’

The current leadership could not build the country, the country was not built: Rishi Dhamala
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(12:12 PM)

बोल्नेहरु पत्रकार हैनन् भन्ने बुझाइ लामो समयसम्म थियो : सन्तोष देउजा

 

सञ्चारकर्मी सन्तोष देउजाले सञ्चारमाध्यम कहाँ पुग्यो, सञ्चारमाध्यम के भयो भन्ने प्रश्न उठाएका छन् । कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्रमा बोल्दै उनले नेपालमा बोल्नेहरू पत्रकार होइनन् भन्ने बुझाइ लामो समयसम्म रहेको बताउँदै को पत्रकार हुन् र को होइनन् भन्ने भाष्य पनि लामो समयसम्म कायम रहेको उल्लेख गरे ।

उनले राम्रो मान्छेलाई समर्थन गर्दा देश नबनेको भन्दै राम्रो काम गर्नेलाई आफूले समर्थन गरेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई आफूले समर्थन गरेको उल्लेख गर्दै पार्टी हेरेर होइन, व्यक्ति हेरेर समर्थन गरेको  तर्क अघि सारे । 

 

 

For a long time, there was an understanding that those who spoke were not journalists: Santosh Deuja

(12:00 PM)

म १४ वर्षको उमेरमै राजनीतिमा आएको हुँ : ऋषि धमला

राजनीतिकर्मी ऋषि धमलाले आफू १४ वर्षको उमेरमै राजनीतिमा आएको बताए । 'म किन राजनीतिमा आएँ भन्ने धेरै कुरा बताउन चाहन्नँ । २०४६ सालको जनआन्दोलनको जेन–जी पुस्ताको चर्चा गर्न चाहन्छु । म १४ वर्षको उमेरमा राजनीतिमा आएँ,' उनले भने, '२०४६ सालमै प्रजातन्त्रको लागि सात दिन जेल बिताएँ । रामचन्द्र भट्टराई, जिवेन्द्र सिंखडालगायत हामीले मिलेर निकालेको पत्रिकामा प्रजातन्त्र चाहिन्छ भनेर रिपोर्टिङ गर्ने व्यक्ति हुँ ।'

I entered politics at the age of 14: Rishi Dhamala
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(11:48 AM)

दोस्रो सत्र : ‘जनताको प्यानल’ सुरु

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्र सुरु भएको छ ।

समा थापाले संयोजन गर्ने यस सत्रमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राजनीतिकर्मी खुश्बु ओली, ऋषि धमला र सञ्चारकर्मी सन्तोष देउजा सहभागी छन् ।

Second session begins

(11:47 AM)

सूचना तथा प्रविधि हेर्न छुट्टै मन्त्रालय चाहिने भइसक्यो : निशा अधिकारी  

राजनीतिकर्मी निशा अधिकारीले प्रविधिको प्रयोगले राष्ट्रिय सुरक्षामा नै चुनौती भएकोले सूचना तथा प्रविधि मात्रै हेर्ने छुट्टै मन्त्रालय नै स्थापना गर्न जरुरी भइसकेको बताइन् । ‘यी मन्त्रालयमा राजनीतिककर्मीभन्दा प्राविधिकहरु नै बढी राख्नुपर्छ,’ उनले भनिन्, ‘प्राविधिक रुपमा नेपालको सुरक्षा पनि चाहिन्छ । प्रविधिले राष्टिय सुरक्षामै चुनौती हुन्छ ।  यो भूराजनीतिसँग पनि जोड्ने कुरा हो ।’

A separate ministry is needed to look after information and technology: Nisha Adhikari
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(11:45 AM)

जेन–जी आन्दोलनमा व्यक्ति होइन, विचार पछ्याएर मान्छे सडकमा आए : असीममान सिंह बस्न्यात

पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यातले जेन–जी आन्दोलनमा व्यक्ति भन्दा विचारलाई पछ्याएर मानिसहरू सडकमा आएको बताए । यदि सुरुदेखि नै आन्दोलन व्यक्ति केन्द्रित नेतृत्वमा सीमित भएको भए त्यति ठूलो सहभागिता सम्भव नहुने उनले बताए । आन्दोलनको निर्णायक क्षणमा नेतृत्वभन्दा पनि मुद्दा र विचार नै प्रमुख बनाएर मानिसहरु सडकमा आएको भएपनि आन्दोलनको क्रममा घुसपैठ हुँदा विध्वंस भएको उनले बताए । 'पहिलो दिन घुसपैठ भयो । भोलिपल्ट त्यो जनआन्दोलनमा रूपान्तरित भयो,' उनले भने, 'पछि फेरि घुसपैठ बढ्यो र अवस्था विध्वंसतर्फ गयो ।'

In the Gen-G movement, people came to the streets following ideas, not individuals: Asimman Singh Basnyat
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(11:40 AM)

ठूला प्रविधि कम्पनी जनतालाई नसुनेर झन् उग्र हुँदै गइरहेका छन् : दोभान राई

एआई विज्ञ दोभान राईले ठूला प्रविधि कम्पनीहरु जनतालाई नसुनेर झन् उग्र हुँदै गइरहेको बताइन् । ‘कुनै समयसम्म यस्तो उग्र झन् बढ्दै जानेछ,’ उनले भनिन्, 'नेपालमा सीमित एजेन्सी होला । आफ्नो आफ्नो समुदाय वा व्यक्ति वा राज्यबाट आ-आफ्नो जवाफदेहीता लिनुपर्‍यो । कोर रेगुलेसनसँगै आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

Big tech companies are becoming more aggressive without listening to the people: Dobhan Rai
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(11:34 AM)

अहिले नागरिकलाई मिडिया भन्दा समाजिक सञ्जालले गाइड गरेको छ : प्रतीक प्रधान

बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले डिपफेक बढेको भन्दै त्यसबाट सचेत हुनुपर्ने बताएका छन् । ‘अहिलेको समस्या नागरिकलाई मिडिया भन्दा समाजिक सञ्जालले गाइड गरेको छ । त्यसमा कति वटा लाइक आयो । कति वटा कमेन्ट आयो । कति वटा सेयर भयो भनेर गन्ती हुन थाल्यो । त्यसमा पनि फेक हुन थाल्यो,’ उनले भने, ‘कसैले समाजिक सञ्जालमा लेखेको ५ मिनेटमा ५ लाख लाइक आउँछ भने त्यो फेक हो । भनेर बुझाउन सक्नुपर्छ ।’ फेक लाइक, कमेन्ट र सेयरबाट जोगिनुपर्ने उनले जनाए ।

Citizens are now guided by social media rather than media: Prateek Pradhan

(11:31 AM)

संस्थागत असफलतालाई अल्गोरिदमको कारण भन्न मिल्दैन : दोभान राई 

एआई विज्ञ दोभान राईले संस्थागत असफलतालाई अल्गोरिदमको कारण भन्न नमिल्ने तर्क गरेकी छन् । 'अल्गोरिदमको भाष्य कहिलेकाहीँ जे गर्‍यो त्यही दिन्छ भन्ने छ भने कहिलेकाहीँ अल्गोरिदमले नै सबै गर्‍यो भनेर बलिको बोको बनाइन्छ, यो समस्या भनेको संस्थागत असफलता हो,’ उनले भनिन्, ‘संस्थागत असफलताका कारण कुनै व्यक्ति वा स‌ंस्थामाथि विश्वास गर्न नसकेर अराजकता बढेको हो ।’

Institutional failure cannot be attributed to algorithms: Dobhan Rai
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(11:23 AM)

'जथाभावी विषयवस्तु पस्कँदा पत्रकारिता कमजोर हुँदै गएको छ'

बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारिता पेसामा जिम्मेवारी धेरै रहेको र समाजले खोजेका विषय दिनुपर्ने र समाजलाई कस्ता सामग्री दिने र कस्ता सामग्री नदिनेमा प्रष्ट हुनुपर्ने बताए । उनले भने, 'विचारको नेतृत्वको गर्ने संस्था पत्रकारिता हुनुपर्छ ।’ हिजो जनतामा समाचार पस्कियो । त्यसको प्रतिक्रिया बुझेर अघि बढ्दै जाने प्रवृत्ति रहेकोमा अहिले अल्गोरिदममा फसेको उनले बताए । जे जे देख्यो त्यसैलाई समाचार बनाइदिँदै गएमा पत्रकारिता पेसा र व्यवसाय समाप्त हुने उनले बताए । ‘मिडिया फस्दै गएको छ । कस्ता विषयवस्तु नागरिकलाई दिने बोर्डरलाइन बनाउनुपर्छ । मिडिया भनेको के हो प्रष्ट हुनुपर्छ । प्रेस स्वतन्त्रता हुनुपर्छ । पत्रकारिताले गर्ने समाज परिवर्तन हो,’ उनले भने । जथाभावी विषयवस्तु पस्कँदा पत्रकारिता कमजोर हुँदै गएको उनले औंल्याए ।

'Journalism is becoming weaker as content is being spread indiscriminately'
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(11:17 AM)

भ्युज र सेन्टिमेन्टको दौडमा भोलि जवाफदेही बन्नुपर्ने कुरा नबिर्सिनुहोस् : असीममान सिंह बस्न्यात

पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यातले सामाजिक सञ्जालमा भ्युज र भावनात्मक प्रतिक्रिया कमाउने होडमा लाग्नु गलत भएको बताए । उनले तत्काल भ्युज र सेन्टिमेन्ट कमाउने प्रवृत्तिले पछि आफैंलाई पनि समस्या निम्ताउन सक्ने समेत बताए । 'हामी आफ्नो प्रस्तुति अघि सार्दा आज भ्युज कमाउँछु, आज सेन्टिमेन्ट कमाउँछु भन्ने सोच राख्छौँ भने त्यसले आफैँलाई समस्या पार्छ,' उनले भने, 'फन्डा बनाएर भ्युज कमाउन सजिलो हुन्छ । तर पहिले के भनेर चर्चा र भ्युज पाए भनेर पछि त्यो कुरा व्यवहारिक भएन भने के गर्ने ? '

Don't forget to be accountable tomorrow in the race for views and sentiment: Asimman Singh Basnyat
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(11:15 AM)

ठूला टेक कम्पनीहरूले विषाक्त कुरा फैलाइरहेका छन् : दोभान राई

एआई विज्ञ दोभान राईले ठूला टेक कम्पनीहरूलाई जिम्मेवार बनाउन विश्वव्यापी पहल जरुरी रहेको बताएकी छन् । यसमा कुनै एक देशको मात्र नभई सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ ।

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको पहिलो सत्र ‘संवादको चौतारी, अल्गोरिदमको उल्झन’ विषयक छलफलमा राईले यस्तो बताएकी हुन् ।

Big tech companies are spreading toxic content: Dobhan Rai
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(11:13 AM)

भिडको पछाडि लागेर पत्रकारिता फेल हुँदै छ : प्रतीक प्रधान

बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले भिजिटरको भिडको पछाडि लागेर पत्रकारिता फेल हुँदै गएको बताए । उनले पत्रकारिताले भिडको पछाडी कुद्ने भन्दा पनि जनताको आवाज मुखरित गर्न सक्नुपर्ने बताए । ‘अल्गोरिदमले मिडियामा पनि परिवर्तन भएर आएको छ । प्रिन्ट, रेडियो, टेलिभिजन, अनलाइन हुँदै पत्रकारिता अघि बढेको छ,’ उनले भने, ‘पत्रकारिता जनताको आवाज मुखरित गर्ने थियो । अभिव्यक्ति स्वतन्त्रताको माध्यम पत्रकारिता हो ।’ तर पछिल्लो समय विचारको नेतृत्व गर्ने पत्रकारिताका संस्थाहरु कन्टेन क्रिएसनमा मात्र लागेर असफल हुँदै गएको उनले औंल्याए । 

Journalism is failing by following the crowd: Prateek Pradhan
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(11:12 AM)

ठूला टेक कम्पनीहरू अझै अराजक हुँदै जाने खतरा छ : दोभान राई

एआई विज्ञ दोभान राईले संस्थाहरू असफल हुँदा डिजिटल स्पेसमा अराजकता बढेको बताउँदै विश्वासभन्दा पनि भयको मनोविज्ञानबाट समाज गुज्रिरहेको उल्लेख गरिन् । सामाजिक सञ्जालमा किन यस्तो अवस्था सिर्जना भइरहेको छ भन्नेबारे गम्भीर हुनुपर्ने उनको धारणा थियो । उनले भनिन्, ‘यो समस्या समाधान गर्न सबैको सहभागिता चाहिन्छ । आगामी ५–६ वर्षमा ठूला टेक कम्पनीहरूमा अझै उग्रता बढ्दै जाने सम्भावना छ ।’

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको पहिलो सत्र ‘संवादको चौतारी, अल्गोरिदमको उल्झन’ विषयक छलफलमा राईले यस्तो बताएकी हुन् ।

Big tech companies are at risk of becoming more chaotic: Dobhan Rai
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(11:11 AM)

अल्गोरिदम हिजोको जस्तो आज छैन : दोभान राई

एआई विज्ञ दोभान राईले अल्गोरिदम हिजोको जस्तो आज नरहेको र भोलि पनि त्यस्तै नरहने बताइन् । उनले भनिन्, ’अहिले देखिरहेको अल्गोरिदमको स्वरुप र अभ्यास नै त्यही छ भन्ने पनि छैन, आजको जस्तो अल्गोरिदम छ । त्यो त्यस्तै हुनुपर्छ भनेर आत्मसमर्पण गरिसकेको पनि छैन ।’

Algorithms are not the same today as they were yesterday: Dobhan Rai
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(11:07 AM)

तडकभडक र स्टन्ट नगरिकन पनि मतदातासामु पुग्न सकिन्छ : निशा अधिकारी

गतिशील लोकतान्त्रिक पार्टीकी नेता निशा अधिकारीले तडकभडक र स्टन्ट नगरिकन पनि मतदातासामु पुग्न सकिने बताएकी छन् । उनले मतदातामाझ कसरी सही तरिकाले पुग्ने भन्ने अभ्यास आफूले गरिरहेको उल्लेख गर्दै जनतामाझ जाने तरिका र के भन्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको बताइन् । उनले भनिन्, ‘भ्रामक र तडकभडक शैली अपनाएर जनतामाझ नजाने अडानसहित मैले फरक खालको क्याम्पेन गरिरहेको छु ।’

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको पहिलो सत्र ‘संवादको चौतारी, अल्गोरिदमको उल्झन’ विषयक छलफलमा अधिकारीले यस्तो बताएकी हुन् । उनले सामाजिक सञ्जालमा उम्मेदवारहरूले के लेख्न हुने र के लेख्न नहुने भन्ने विषयमा पनि नीति आवश्यक रहेको बताइन् ।

 

 

You can reach voters without flashy or stunts: Nisha Adhikari
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

(10:58 AM)

पत्रकारिता भनेको कन्टेन्ट क्रियशन होइन : प्रतीक प्रधान

अनलाइन पोर्टल बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारिता भनेको कन्टेन्ट क्रियशन नभएको बताएका छन् । उनले पत्रकारिता फलोअर्सको पछि दौडिन थालेको उल्लेख गर्दै पत्रकारिताले विचारको नेतृत्व गर्ने तथा समाजलाई कुन कुरा कति दिने र कति नदिने भन्ने विवेकबाट टाढिएर क्लिकबेटतिर लाग्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको पहिलो सत्र ‘संवादको चौतारी, अल्गोरिदमको उल्झन’ विषयक छलफलमा प्रधानले यस्तो बताएका हुन् ।

 

 

Journalism is not content creation: Prateek Pradhan

(10:52 AM)

यहाँ हल्ला धेरै छ : दीपेश त्रिपाठी

युट्युब च्यानल ‘द नेपाली कमेन्ट’का संस्थापक दीपेश त्रिपाठीले डिजिटल स्पेसमा सूचनाहरू अत्यधिक भएको र के सत्य हो, के झुट हो भनेर छुट्याउनै कठिन भइरहेको बताएका छन् । कान्तिपुर कन्क्लेभको दोस्रो दिनको पहिलो सत्रमा सहजीकरण गर्दै उनले भने, ‘यहाँ हल्ला नै धेरै छ ।’

त्रिपाठीले सहजीकरण गर्ने ‘संवादको चौतारी, अल्गोरिदमको उल्झन’ शीर्षकको छलफलमा एआई विज्ञ दोभान राई, अनलाइन पोर्टल बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधान, पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात र राजनीतिकर्मी निशा अधिकारी सहभागी छन् ।

There is a lot of noise here: Dipesh Tripathi

(10:48 AM)

संवादको चौतारी, अल्गोरिदमको उल्झन शीर्षकमा छलफल हुँदै

कान्तिपुर कन्क्लेभको दोस्रो दिन । पहिलो सत्रमा ‘संवादको चौतारी, अल्गोरिदमको उल्झन’ शीर्षकमा छलफल हुँदैछ । यो सत्रमा एआई विज्ञ दोभान राई, अनलाइन पोर्टल बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधान, पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात र राजनीतिकर्मी निशा अधिकारी सहभागी हुनेछन् । सत्रको सहजीकरण युट्युब च्यानल ‘द नेपाली कमेन्ट’का संस्थापक दीपेश त्रिपाठीले गर्नेछन् ।

Discussion on the topic of dialogue, the confusion of algorithms

कान्तिपुर

Link copied successfully