आन्दोलनले व्यवसायमा प्रत्यक्ष असर परे पनि लयमा फर्कंदै छ : आँचल कुँवर

'दसैं बजारको तयारीमा रहेका बेला जेन-जी आन्दोलनले असर पुर्‍यायो ।'

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Even though the protests have had a direct impact on business, it is returning to normal: Aanchal Kunwar

काठमाडौँ — अनलाइन बजार दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले जेन-जी आन्दोलनले व्यावसायमा असर गरेको गुनासो गरेकी छन् ।

कान्तिपुर कन्क्लेभ २०२६ अन्तर्गत सोमबारको अन्तिम सत्र 'अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना' मा बोल्दै उनलेे दसैं बजारको तयारीमा रहेको बेला आन्दोलन भएपछि व्यवसायमा असर पुगेको बताइन् ।

‘हाम्रा ३५ हजार ग्राहक छन् । दसैं बजारको तयारी गर्दै थियौं । आन्दोलनले निजी क्षेत्रमा पनि क्षति पुग्यो,’ उनले भनिन्, ‘त्यसको असर दराजलाई पनि पर्‍यो ।’

आन्दोलनपछि रिबिल्डिङ नेपाल अभियानमा जोडिएर व्यवसायलाई पनि अघि बढाउँदै आएको उनले जनाइन् । ‘ग्राहकले हामीसँग अनलाइनमा सामान अर्डर गर्छन् । डिमार्टमेन्टल स्टोरबाट अर्डरअनुसारका सामान प्याकिङ भएर आउँछ,’ उनले भनिन्, ‘हामी ग्राहकको घरसम्म पुर्‍याइदिन्छौं ।’ जेन-जी आन्दोलनले व्यवसायमा प्रत्यक्ष असर गरे पनि पुनः लयमा फर्कंदै गएको प्रबन्ध निर्देशक कुँवरले बताइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully