विदेशमा भन्दा बढी लगानी नेपालमै गर्छौं : निर्वाण चौधरी

विगत १० वर्षमा सीजी ग्रुपले गरेको लगानीजत्तिकै आगामी १० वर्षमा लगानी गर्ने उनले प्रतिबद्धता जनाए ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

We invest more in Nepal than abroad: Nirvan Chaudhary

काठमाडौँ — नेपालमा राजनीतिक अस्थिरता भए पनि लगानीका लागि अवसर रहेको सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् ।

कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणको पहिलो दिनको अन्तिम सत्र 'अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना' मा चौधरीले सीजी ग्रुपले आगामी दिनमा पनि नेपालमा लगानीलाई निरन्तरता दिने बताए । 

नेपालमा राजनीतिक अस्थिरता भए पनि लगानीका लागि मौलिक अवसर रहेको उनको भनाइ थियो । 'नेपालमा राजनीतिक अस्थिरता विद्यमान भए पनि उद्यमशीलताको दृष्टिकोणबाट हेर्दा नेपालमा मौलिक अवसर सशक्त रूपमा विद्यमान छन्,' उनले भने। 

विगत १० वर्षभित्र सीजी ग्रुपले गरेको लगानीजत्तिकै आगामी १० वर्षमा लगानी गर्ने उनको प्रतिबद्धता थियो ।

नेपालमा कुन क्षेत्रमा कसरी लगानी गर्ने भन्नेबारे आफूलाई थाहा भएको चौधरीको भनाइ थियो । सीजी ग्रुपको व्यापार, व्यवसाय विश्वव्यापी भए पनि नेपालमा समेत लगानी गरिने उनले बताए । नेपालमा लामो समयदेखि लगानी र व्यवसाय सञ्चालन गर्दै आएको अनुभवका कारणले पनि सीजी ग्रुपले विदेशमा भन्दा पनि बढी लगानी यहाँ नै गर्ने उनको भनाइ थियो ।

कान्तिपुर

Link copied successfully