'सेप्टेम्बरमा नेपालमा मात्रै यो आन्दोलन भएको होइन । यो विश्वभर नै चलिहरहेको थियो ।'
काठमाडौँ — एनसेलका सीईओ माइकल फोलेले गत सेप्टेम्बरमा नेपालमा मात्रै आन्दोलन नभएको बताएका छन् ।
कान्तिपुर कन्क्लेभको पहिलो दिनको अन्तिम सत्र ‘अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना’ मा उलने यस्तो बताएका हुन् ।
'सेप्टेम्बरमा नेपालमा मात्रै यो आन्दोलन भएको होइन । यो विश्वभर नै चलिहरहेको थियो । केन्यामा सरकार परिवर्तन हुनै खोजेको थियो, मदागास्कर, श्रीलंका र बंगलादेशमा सत्ता परिवर्तन भयो,' उनले भने, 'हिजो के भयो भन्ने कुरामा परिभाषित गर्नेभन्दा पनि अब मार्चमा हुने निर्वाचनपछि के हुन्छ भन्ने कुराले लगानीको विषयमा निश्चितता हुन्छ ।'
