'राजा महेन्द्रदेखि ओली र प्रचण्डसम्मले गरेका वाचा त्यही हुन् । ती वाचा पूरा भएनन् ।’
काठमाडौँ — राजनीतिज्ञ घनश्याम भुसालले अहिलेको समाजको माग रोजगारी र सुशासन रहेको बताएका छन् । उनले नागरिक र संविधानभित्रको विरोधलाई तत्कालका लागि समाधान गर्न सकिने पनि बताए ।
‘हाम्रोजस्तो समाजमा अरु जतिसुकै सुदूर सिद्धान्तका कुरा गरे पनि वास्तविक व्यक्तिगत जीवन भनेको घरबस्ने खाने डुल्ने नै हो,’ कान्तिपुर कन्क्लेभको 'विचारधाराको अन्त्य ? : नेपाली राजनीतिको रेट्रोफिटिङ' सत्रमा संवाद गर्दै उनले भने, ‘आजको नेपालीलाई नयाँ जिन्दगी दिने वाचा पुरानो हो । राजा महेन्द्रदेखि ओली र प्रचण्डसम्मले गरेका वाचा त्यही हुन् । ती वाचा पूरा भएनन् ।’
संविधानमा अधिकार पाएन भने बन्द हड्ताल गर्न, विरोध गर्न संगठित हुन पनि पाइने संविधानमै लेखिएको सुनाए । ‘समाज कसरी व्यवस्थापन हुन्छ भन्दा नयाँ जिन्दगी दिनुपर्छ । संविधानको संकट र नागरिक र संविधानबीचको अन्तरविरोध हो,’ उनले भने, ‘हाम्रो जस्तो समाजको निसन्देह रोजगारी र सुशासन हो । यो यस्तो समय जसले अरु सबैलाई म्यानेज गर्न समय हुन्छ ।’
