भारतले नेपालसँगको सम्बन्धलाई पछिल्लो समय परिवर्तन गर्दै गएको उनले बताइन् ।
काठमाडौँ — भारतको एमपी–आईडीएसएकी शोधकर्ता स्नेहा कुम्चाले नेपालसँग भारतले आर्थिक अन्तरनिर्भरता र संस्थागत सहकार्यको नीति लिन लागेको बताएकी छन् ।
कान्तिपुर कन्क्लेभको दोस्रो दिन मंगलबार 'शक्तिको रस्साकसीमा नेपाल' सत्रमा उनले भारतले नेपालसँग गर्ने सम्बन्धलाई पछिल्लो समय परिवर्तन गर्दै गएको बताएकी हुन् ।
उनले भनिन्, 'पाँच वर्षअघिसँग तुलना गर्दा, हाल नेपाल र भारतका सम्बन्धहरू वास्तवमै अर्थतन्त्र र संस्थागत विकासमा आधारित हुँदै गएको छ ।'
