पदाधिकारीको अधिकांश पदमा ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।
What you should know
काठमाडौँ — एमालेको ११औं महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।
ओली १ हजार ९९ मतले विजयी भएका हुन् । उनले १ हजार ६ सय ६३ मत ल्याए भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरे ।
पूर्वमहासचिवसमेत रहेका पोखरेल अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष चुनिए । २०६५ मा बुटवलमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।
निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए ।
पदाधिकारीको अधिकांश पदमा ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।
१९ पदाधिकारीमा प्रतिस्पर्धीको मत
अध्यक्ष (१)
उपाध्यक्ष (५)
महासचिव (१)
उपमहासचिव (३)
सचिव (९)
![These leaders contested for 19 UML office bearers, who won and who lost? [With votes]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/5986014077366975322301082367531338258597896n-18122025100203-1000x0.jpg&w=1001&h=0)