माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश 

पतञ्जलि योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Order to request original file from CIAA in corruption case against Madhav Nepal

What you should know

काठमाडौँ — विशेष अदालतले पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएको २०६९ मंसिर २५ गतेको निर्णय मगाउने आदेश गरेको छ। पतञ्जलि जग्गा अनियमितता प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लिरत्न श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो । 

विशेषले साक्षीहरूलाई भौतिक उपस्थिति वा श्रव्यदृश्यमार्फत उपस्थित गराई वकपत्र गर्न आदेश गरेको हो ।  पतञ्जलि योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै आयोगले मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा दोस्रो सुनुवाइ गर्दै विशेषले यस्तो आदेश गरेको हो । 

आयोगले तत्कालीन कानुनमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेकाले उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार सचिव छविराज पन्तलगायतलाई विपक्षी बनाएको थियो । 

त्यसैगरी तत्कालीन सहसचिवहरू जितबहादुर थापा र लालमणि जोशीविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । तत्कालीन कानुन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाा र तत्कालीन उपसचिव राजाराम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो । 

नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो । 

Order to request original file from CIAA in corruption case against Madhav Nepal

पतञ्जलि जग्गा प्रकरण

कान्तिपुर

Link copied successfully