लाभ राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार हुन् । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् ।
काठमाडौँ — सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुमित्रा भण्डारी सुवेदीलाई हटाउन र नयाँ प्रदेश प्रमुखमा लाभलाई नियुक्त गर्न सिफारिस गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
मधेशमा सत्ता राजनीतिको खेलमा प्रदेश प्रमुख सुवेदी विवादमा मुछिएपछि सरकारले उनलाई हटाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।
लाभ राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार हुन् । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए । उनले लामो समय जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस(राराव) मा पनि लामो समय प्राध्यापन गरे ।
