'उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु'

बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको परराष्ट्रमन्त्री राणाको भनाइ छ ।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

'Diplomatic initiative launched to search for Nepali in Uttarakhand'

What you should know

काठमाडौँ — परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छन् ।

बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको उनले जानकारी दिएकी छन् । बाढीमा परेर नेपाली नागरिक पनि बेपत्ता भएको भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै परराष्ट्रमन्त्री डा राणाले उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको सामाजिक सञ्जालमार्फत बताएकी हुन् ।

'छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ । उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु,' उनले उल्लेख गरेकी छन् ।

उत्तराखण्ड बाढी : नेपाली मजदुर भन्छन्- 'टेन्टभित्र रहेका सबैलाई हेर्दाहेर्दै बगाएर लग्यो'

उत्तराखण्डमा काम गर्न गएका धादिङका ४ जना सम्पर्कविहीन

तुर्कमेनिस्तानमा रहेका प्रधानमन्त्री ओली भन्छन् : उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति हुँदा चिन्तित छु

कान्तिपुर

Link copied successfully