नागरिक उन्मुक्ति विवाद : अध्यक्ष श्रेष्ठले सोधिन् संसदीय दलका नेता चौधरीलाई २४ घण्टे स्पष्टीकरण

'तपाईंलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने, प्रस्तुत पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र आधार कारणयुक्त एवं चित्तबुझ्दो स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा पार्टीको विधानबमोजिम तपाईंलाई कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।'

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Civil Immunity Controversy: Speaker Shrestha asked Parliamentary Party Leader Choudhary for a 24-hour explanation

What you should know

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीको विवाद चर्किँदै गएको अवस्थामा अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टिकरण सोधेकी छन् । पार्टी हितविपरीत, विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानविपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ? भने अध्यक्ष श्रेष्ठले दलका नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् । 

श्रेष्ठले बिहीबार संसदीय दलका नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् । पार्टी विधानका व्यवस्था उल्लंघन गरेर बैठक बोलाउने लगायतका कार्य किन गरेको ? भनी श्रेष्ठले स्पष्टिकरण सोधेकी हुन् । 

स्वास्थ्य अवस्थालगायत काबुबाहिरको परिस्थितिले पार्टीका गतिविधिमा आफू सक्रिय हुन नसकेको अवस्था जानकारी  गराउँदा पनि चौधरीले पार्टी विधानविपरीत कार्य गरेको श्रेष्ठले उल्लेख गरेकी छन् । 'मेरो स्वास्थ्य अवस्था विगत केही दिनदेखि असहज रहेको र मेरो हालको अस्वस्थताको कारणले काबुबाहिरको परिस्थिति परि पार्टीको गतिविधिहरूमा पूर्ण रूपमा सक्रिय हुन असमर्थ रहेको व्यहोरा यहाँहरूलाई अवगत नै रहेको छ । यसरी बिरामी परी उपचाररत रहेको अवस्थामा मेरो अनुपस्थितिमा बिना कुनै जानकारी विधानविपरीत तपाईंको नेतृत्व एवं सक्रिय संलग्नतामा साउन ३, ९ र ११ गते पार्टीको अन्तरिम विधान, २०७८ ले दिएको अधिकारभन्दा बाहिर गई बैठक बसी गैरकानुनी निर्णयहरू गरेको पाइएको' ले कारबाही किन नगर्ने भनी श्रेष्ठले स्पष्टीकरण सोधेकी हुन् ।

'तपाईंलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने, प्रस्तुत पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र आधार कारणयुक्त एवं चित्तबुझ्दो स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा पार्टीको विधानबमोजिम तपाईंलाई कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ,' उनले स्पष्टीकरण पत्रमा लेखेकी छन् ।

Civil Immunity Controversy: Speaker Shrestha asked Parliamentary Party Leader Choudhary for a 24-hour explanation

Civil Immunity Controversy: Speaker Shrestha asked Parliamentary Party Leader Choudhary for a 24-hour explanation

Civil Immunity Controversy: Speaker Shrestha asked Parliamentary Party Leader Choudhary for a 24-hour explanation

कान्तिपुर संवाददाता

Link copied successfully