महिलाले गरेका योगदान इतिहासबाट मेटिनु हुँदैन : लीली थापा

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

The contribution made by women should not be erased from history: Leeli Thapa

काठमाडौँ — महिलाहरु हरेक समयका रुपान्तरणको साक्षी रहेको राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त डा. लीली थापाले बताएकी छन् । इतिहास केलाउँदैै जाँदा लिच्छवीकालदेखि गणतन्त्रको समयसम्म आइपुग्दा हरेक समय समाज रुपान्तरणका साक्षी महिला रहेको उनले बताइन् ।

कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी म्यागजिनद्वारा आयोजित 'निर्भीक नारी'मा कार्यक्रममा मुख्य वक्ताका रूपमा बोल्दै थापाले महिलाहरुले गरेका रुपान्तरण र योगदानलाई इतिहासमा समेट्न नसकेको बताएकी हुन् ।

उनले समाज रुपान्तरणमा सशक्त योगदान गरेका योगमाया, भृकुटीको उदारहण दिँदै भनिन्, 'लिच्छवीकालदेखि अहिले गणतन्त्र आउँदाको समयसम्म हेर्दा महिलाहरु रुपान्तरणका संवाहक हुन्, महिलाहरुको इतिहासलाई विश्वविद्यालयदेखि इतिहासमा समेट्न र उजागर गर्न पछि पर्नु हुँदैन ।'

कान्तिपुर संवाददाता

Link copied successfully