महोत्सवको पहिलो दिन हात्तीको फुटबल (पेनाल्टी सुटआउट) खेलाइएको थियो ।
सौराहा,चितवन — चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबारदेखि १९ औं हात्ती महोत्सव सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरे ।
महोत्सवको पहिलो दिन हात्तीको फुटबल पेनाल्टी सुटआउट खेलाइएको थियो । पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुने छ ।
क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा महोत्सव आयोजना गरिएको हो । विसं २०५५ देखि सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवमा यस वर्ष हात्तीको शृंगार प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी दिनेलगायत कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
![Elephant festival begins in Sauraha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9179-26122025124415-1000x0.jpg&w=1001&h=0)
![Elephant festival begins in Sauraha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9174-26122025124410-1000x0.jpg&w=1001&h=0)
![Elephant festival begins in Sauraha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9171-26122025124405-1000x0.jpg&w=1001&h=0)