गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

The problem of appointing the governor is not because of the prime minister: Deuba

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको समस्या प्रधानमन्त्री केपी शर्मा ओलीको कारणले नभएको स्पष्ट पारेका छन्।

मंगलबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रममा बोल्दै देउवाले राष्ट्र बैंकभित्रकै समस्याका कारण नियुक्तिमा ढिलाइ भएको बताए। उनले प्रधानमन्त्री ओली गभर्नर कांग्रेसलाई दिने पक्षमा रहेको र त्यस विषयमा कुनै अवरोध नगरेको दाबी गरे।

'सत्ता गठबन्धनमा पनि कुनै समस्या छैन, 'उनले भने, 'कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ। हाम्रो पार्टी सबैभन्दा ठूलो भए पनि बहुमत छैन, त्यसैले गठबन्धन आवश्यक छ। अहिले एमालेका नेता केपी ओलीसँग गठबन्धन छ र गठबन्धनमा समस्या छैन। गभर्नर नियुक्तिको सम्बन्धमा समस्या प्रधानमन्त्रीले सिर्जना गरेका होइनन्, त्यो राष्ट्र बैंकभित्रकै समस्या हो।'

उनले ओली कांग्रेसलाई गभर्नर दिन सकारात्मक रहेको र त्यसमा सहयोगी भूमिका निर्वाह गरिरहेको बताए ।

देउवाले वर्तमान सरकारले विकास निर्माणमा निजी क्षेत्रलाई पनि समेट्दै अध्यादेशमार्फत ऐन निर्माण गरेको दाबी गरेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully