प्रिसाका अभिभावक ओडिसा प्रस्थान

वैशाख १९, २०८२

ओमप्रकाश ठाकुर

Prisa's parents depart for Odisha

सर्लाही — भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)की छात्रा प्रिसा साह छात्राबासमा मृत फेला परेको खबरपछि परिवार शोकमा डुबेको छ । घटनाबारे बुझ्न तथा शवको आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउन अभिभावक ओडिसा प्रस्थान गरेका छन् ।

कबिलासी नगरपालिका-८ का श्यामप्रसाद साह तथा पिंकी साहकी छोरी प्रिसा गत वर्ष मात्रै ओडिसा पुगेकी थिइन् । छोरी मृत फेला परेको खबरपछि बुबाआमा र भाइ गौरव शुक्रबार बिहान ओडिसा गएको प्रिसाका काका कमलदेव प्रसाद साहले जानकारी दिए । उनका अनुसार परीक्षा सकेर प्रिसा मे १८ तारिखमा फर्किने तयारी थियो । हिजो मात्र प्रिसाले अभिभावकसँग फोनमा कुरा गरेकी थिइन् । प्रिसाको घरमा अहिले ताला लागेको छ । 

बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलामा रहेको आफ्नै कोठामा प्रिसा मृत फेला परेकी थिइन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारीअनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिइसकेको छ ।

गत फागुन ४ मा केआईआईटीको सोही छात्रावासमा रूपन्देहीकी प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन् ।

ओमप्रकाश

Link copied successfully