अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अधिकारी

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

Officer in charge of the International Nepali Safe Society

काठमाडौँ — विश्वभरका नेपाली सेफलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको भेलाले अरुण अधिकारीको अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । 

संस्थाको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाई, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साईकुमार शर्मा र श्याम भण्डारी चयन भएका छन् । महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सहसचिवमा राजकुमार गिरी, कोषाध्यक्षमा विष्णु खत्री र सहकोषाध्यक्षमा हरिराज घिमिरे चयन भएका छन् । सदस्यहरूमा उद्धव श्रेष्ठ, फणीन्द्र पन्थ, लक्ष्मण सापकोटा, राम सेन, वरुण सिंह चयन भएका छन् ।  

संस्थाका बोर्ड सदस्यहरुमा लाबहादुर कौशल (एलबी), वासुदेव भुसाल, रेशमबहादुर लामा, हुमन लिम्बु, कुमार तिमिल्सिना, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, शखवीर लामा, कृष्णहरि सापकोटा, बाबुराम कार्की, दीपक मरासिनी, अमरदीप कार्की, दीपक भुसाल, विनोद सोनी, विमल कार्की, टेक खनाल, गोविन्द राई, रामकुमार जोशी, प्रकाशबुढा थोकी, बेदप्रसाद अधिकारी रहेका छन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अधिकारीले समाजले विश्वभरि फैलिएका नेपाली सेफलाई एकीकृत गर्दै नेपाली खानाको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार, गुणस्तर अभिवृद्धि र सेफहरूको व्यक्तिगत तथा व्यवसायिक विकासमा प्रतिबद्धतापूर्वक कार्य गर्ने बताए । 'हामी संस्थागत रूपमा अगाडि बढ्दै, नेपाली सेफको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँदै, नेपाली खानालाई विश्व व्यञ्जनमा स्थापित गर्न लागिपर्नेछौं,' उनले भने ।

अन्तर्राष्ट्रिय नेपाली सेफ समाजले नेपाली सेफलाई एक मञ्चमा ल्याई उनीहरूको अनुभव, सीप र पहिचानलाई साझा गर्दै नेपाल र विदेशमा नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य लिएको छ । भेलामा ३६ भन्दा बढी देशमा कार्यरत नेपाली सेफहरू सहभागी थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully