कुलमान घिसिङलाई स्पष्टीकरण सोध्न मन्त्रिपरिषद्ले दियो ऊर्जामन्त्री खड्कालाई अधिकार

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

The Cabinet authorized Energy Minister Khadka to ask Kulman Ghising for an explanation

काठमाडौँ — मन्त्रिपरिषद्ले नेपाल विद्युत्  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई किन नहटाउने भनेर तीन दिने स्पष्टीकरण सोध्नका लागि ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कुलमानलाई हटाउनका लागि तीन दिने स्पष्टीकरण सोध्ने अधिकार दिएको एक मन्त्रीले जानकारी दिए । 

ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने अधिकार दिएको ती मन्त्रीले बताए । 'बिजुलीको भाउ भारतमा गएर बढाउने निर्णय गरेको । मन्त्री र सचिवलाई नसोधेको । सरकारलाई सहयोग नगरेको । प्राधिकरणको विनियमावली आफैंले बनाएकालगायतका कुरा मन्त्रीले राख्नुभयो । लामो भूमिका राखेपछि तीन दिनको समय दिएर स्पष्टीकरण सोध्न मन्त्री खड्कालाई अधिकार दिइएको छ,' ती मन्त्रीले भने, 'तपाईंलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्न अधिकार दिइएको छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully