‘भारतबाट ४२५ मेगावाट ल्याउँदा कुलमान देवता हुनुभयो’

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

'Kulman became a god after bringing 425 MW from India'

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आठ वर्षअघि भारतबाट बिजुली ल्याउँदा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ 'देवता' भएको बताएका छन् । त्यसबेला लोडसेडिङ अन्त्य गर्न ४२५ मेगावाट बिजुलीको आवश्यकता रहेकामा घिसिङले त्यो पूरा गरेको उनको भनाइ थियो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै खड्काले भारतबाट ४२५ मेगावाट ल्याउँदा घिसिङ देवता भएको सुनाए । 

‘८ वर्षअघि नेपाललाई लोडसेडिङ हुन नदिन ४२५ मेगावाटको आवश्यकता रहेछ, त्यो साढे चार सय मेगावाट भारतबाट ल्याइयो,’ उनले भने । भारतबाट बिजुली ल्याउन पहिले नै प्रसारणलाइन निर्माण भइसकेको समेत खड्काले बताए ।

‘भारतबाट ल्याउन प्रसारण लाइन केही अगाडि बन्नुपर्थ्यो होला, त्यो प्रसारण लाइन कसका कारण बन्यो ? अनि उहाँ देवता हुनुभयो,' उनले थपे । केही राम्रो काम गरेको भए घिसिङलाई धन्यवाद वा पुरस्कार के दिनुपर्ने समेत उनले बताए । 

कान्तिपुर

Link copied successfully