पूर्वडीआईजी जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतको आदेश

पुस २५, २०८१

कान्तिपुर संवाददाता

Court order to release former DIG Joshi on 88 lakh bail

काठमाडौँ — सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले पूर्वडीआईजी जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । 

अदालतले रास्वपाका पूर्वसभापति एवं पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक रहँदा पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका थिए । जोशी पनि नेटवर्कका सञ्चालकमध्येका एक थिए । 

सूर्यदर्शन ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अदालतले लीला पछाईसँग ३७ लाख, राम खनालसँग १५ लाख, मीना गुरुङ र आरती गुरुङसँग ५/५ लाख र कृष्ण गुरुङसँग १ लाख रुपैयाँ धरौटी माग गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully