काठमाडौँ — नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कोशी र गण्डकी प्रदेशका विभिन्न दस पदका उम्मेदवारको टुंगो लगाएको छ ।
पार्टीको विधानको व्यवस्थाबमोजिम उपनिर्वाचनका लागि १० पदका उम्मेदवारहरू सर्वसम्मतरुपमा चयन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाएको छ । त्यस्तै, जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यी हुन् सर्वसम्मत चयन भएका १० उम्मेदवार
कोशी प्रदेश
(१) भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद : वडाध्यक्ष
(२) रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नं. ६,पद : वडाध्यक्ष
(३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, पद : अध्यक्ष
(४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद : वडाध्यक्ष
(५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद : वडाध्यक्ष
(६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, पद : प्रमुख
(७) घनश्याम दाहाल– ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद : वडाध्यक्ष
(८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद : वडाध्यक्ष
(९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा ९, पद : वडाध्यक्ष
गण्डकी प्रदेश
(१०) भाईकाजी आले– गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद : वडाध्यक्ष
