पूर्वगृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा 

कार्तिक ३, २०८१

कान्तिपुर संवाददाता

Former Home Minister Lamichhane Kaski in police custody

पोखरा — सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई  जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा लगेको हो ।

लामिछानेलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो । उनी अहिले हिरासतमा छन् । राती करिब २:४५ बजेतिर कार्यालय प्रवेश  गराइएको थियो ।

लामिछानेलाई त्यहाँ पुर्‍याउँदा कास्की प्रहरी कार्यालयको  अघि रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्ले र केही कार्यकर्ताहरू उपस्थित थिए । अर्का उपाध्यक्ष  डीपी अर्याल र पत्नी निकिता पौडेलचाहिँ लामिछानेसँग स्थलमार्गबाट गएका थिए । कास्की प्रहरीले जिम्मा लिएपछि हिरासतमा पुगेर वाग्ले, अर्याल र पौडेलले लामिछानेलाई भेटेका थिए ।  Former Home Minister Lamichhane Kaski in police custody

लामिछानेलाई त्यहाँ पुर्‍याउँदा केही रास्वपाका केही कार्यकर्ताले‍ प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए ।

स्थलमार्गबाट लैजादा बाटोमा केही स्थानमा सहकारी पीडितले जनताका पैसा ठगी गर्नेलाई कार्बाही गर भन्दै नाराबाजी पनि गरेका थिए । केही स्थानमा रास्वपा कार्यकर्ताले लामिछाने पक्राउको विरोधमा सरकारबिरुद्ध नाराबाजी गरेका थिए । 

लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।Former Home Minister Lamichhane Kaski in police custody

लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।  

सहकारी ठगी प्रकरण

कान्तिपुर

Link copied successfully