ठगी र संगठित अपराधमा रवि पक्राउ पर्दा रास्वपा कार्यालयमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

कार्तिक २, २०८१

कान्तिपुर संवाददाता

When Ravi was arrested for fraud and organized crime, slogans were raised against the Prime Minister in the RSVP office

काठमाडौँ — ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार साँझ रास्वपा पार्टी कार्यालय वनस्थलीबाट लामिछानेलाई पक्राउ गर्ने क्रममा राजस्वा कार्यकर्ता र समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।

लामिछानेलाई सीआईबीका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले पक्राउपछि स्थलमार्गबाट पोखरा लगिरहेको छ । 

लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले माग गरे अनुसार शुक्रबार जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले अनुमति दिएको हो । अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो ।

कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।

सहकारी ठगी प्रकरण

कान्तिपुर

Link copied successfully