दाउन्नेमा  डाइभर्सन बनाइँदै, एकतर्फी सडक खुलाउने तयारी

आश्विन १५, २०८१

नवीन पौडेल

A diversion is being built at Downne, preparing to open a one-way road

परासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको स्थानमा गए रातिदेखि डाइभर्सन निर्माणको काम सुरु भएको छ । बर्दघाट नगरपालिका-४ खुर्सानीखोलानजिकै सोमबार सडक भासिएको थियो। जसका कारण पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको हो । 

सोमबार राति ११ बजेदेखि डाइभर्सन निर्माणको काम सुरु भएको र आज दिउँसोसम्ममा एकतर्फी भए पनि यातायात सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

A diversion is being built at Downne, preparing to open a one-way roadअलपत्र परेका सवारीलाई पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ । सडक खुलाउनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख र सडक विभागको टोली नै खटिएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully